काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ ।
विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि तय गरिएको हो ।
मङ्सिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ पुस २०७६, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेमा काँग्रेसको सय दिने अभियान: ‘सदस्यता घर-आँगन’
बुढानीलकण्ठमा काँग्रेसका शीर्ष नेताको बैठक
काँग्रेसको १०० दिने अभियान पुनः सुरु
कोशीको दुई दलीय संयन्त्रले सरकारका मन्त्रीसँग बृहद् छलफल गर्ने
कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै
उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने