त्रिवेणी दुग्ध उत्पादक सहकारीले रजत महोत्सव मनाउने

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०७६, १८ : ३१
त्रिवेणी दुग्ध उत्पादक सहकारीले रजत महोत्सव मनाउने

चितवन । भरतपुर ६ पारसनगरमा रहेको त्रिवेणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले रजत महोत्सव तथा २६ औँ साधारणसभा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । यहि पौष ८, ९ र १० गत्ते तिन विभिन्न कार्यक्रम गरी मनाउने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
कार्यक्रम अन्तर्गत पौष ८ गत्ते अन्तर टोल विकास महिला हाजिरी जवाफ प्रतियोगिता हुने कार्यक्रमका संयोजक निर्मल कुमार श्रेष्ठले बताए । उक्त प्रतियोगितामा १३ वटा टोलका २५ वर्ष माथीका महिलाहरुको सहभागिता रहने छन भने कृषी र धर्म संस्कृतिसँग सम्बन्धीत प्रश्नहरु रहने श्रेष्ठले बताए । 
यस्तै ९ गत्ते रक्तदान तथा १० गत्ते समापन कार्यक्रम रहेको छ । कार्यक्रम सम्पन्न गराउन विभिन्न १३ वटा उपसमिति पनि गठन गरीएको संस्थाले जनाएको छ । 
संस्थाले वार्षीक रुपमा धेरै दुध उत्पादन गर्ने, गुणस्तरीय दुध उत्पादन गर्ने, सरसफाई, दाना चोक धेरै कारोवार गर्ने र नियमित चुक्ता कारोवार गर्नेलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको जनाईएको छ । 
२०५० साल चैत्र २८ गत्ते स्थापना भएको सहकारीमा हाल १८१ जना सेयर सदस्य रहेको संस्थाका अध्यक्ष विष्णु प्रसाद देवकोटाले बताए । हाल संस्थाको पुजी १७ करोड ८१ लाख ९३ हजार ६१ तथा शेयर पुजी १६ लाख ३३ हजार रहेको छ । संस्थामा ३ सय ८५ जना किसानले दैनिक २ हजार २ सय लिटर दुध संकलन गर्नेगरेका छन । 

प्रतिक्रिया दिनुहोस