देव विकास बैँकको १८ करोड हिनामिना प्रकरणमा ५ जना सञ्चालक समिति धरौटिमा छुटे, सिइओ र एक जना वैँक सञ्चालक फरार

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०७६, १९ : १८
देव विकास बैँकको १८ करोड हिनामिना प्रकरणमा ५ जना सञ्चालक समिति धरौटिमा छुटे, सिइओ र एक जना वैँक सञ्चालक फरार

काठमाडौँ । तत्कालीन वेष्टर्न डेभलमेन्ट हालको देव विकास बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये हालसम्म २३ जना धरौटिमा छुटेका छन् ।

पाँच जना सञ्चालकहरु अदालतमा हाजिर भएर जनही १२ लाख धरौटिमा छुटेका छन् भने एक जना बैँक सञ्चालक समिति सदस्य अझै पनि फरार रहेका छन् । उच्च अदालत तुलसिपुरका शाखा अधिकृत मानबहादुर विष्टले ६ जना बैँक सञ्चालकहरुलाई बैँक हिनामिनामा मुद्धा दायर भएकोमा पाँच जना वैँक सञ्चालक अदालतमा उपस्थित भएर धरौटिमा छुटेको र वैँक सञ्चालक समिति सदस्यहरु मध्ये खड्ग बुढाथोकि अदालतमा अझै उपस्थिती नभएको जानकारी दिए ।

वैँक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकि, बैँक सञ्चालक समितिका सदस्यहरु अर्जुन बुढाथोकि, निर्मल देवकोटा, वेगमबहादुर भण्डारी, शेषमणि गौतम जनही १२ लाख धरौटिमा छुटिसकेको विष्टले बताए । उच्च अदालतले वैँक सञ्चालक, कर्मचारी, केही खातावालहरुलाई धरौटिमा छोड्न दिएको आदेश विरुद्ध सरकारी वकिल कार्यालय सर्वोच्चमा निवेदन दिएको छ ।

सरकारी वकिल कार्यालयको निवेदनमा थुनेर कारवाही गर्नुपर्नेलाई अदालतले धरौटिमा छोड्न आदेश दिएको भन्दै त्यसको विरुद्ध सरकारी वकिल सर्वोच्च गएको हो । सो मुद्धामा केही थुनिएकाहरु पनि उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा निवेदन गरेका छन् ।

वैँक रकम हिनामिनामा पाँच जना पुर्पक्ष गएका छन्  भने ५ जना साधारण तारीखमा छुटेका छन् । विष्टका अनुसार वैँक हिना मिनामा दोषि देखीएका वैँक सञ्चालक, कर्मचारी र केही खातावाल गरेर ३३ जना अदालतमा हाजिर भइसकेका छन् । बैँकका सिइओ खिमबहादुर डिसि अझै उपस्थित भएका छैनन् भने केही खातावालहरु अझै पनि फरार सुचिमा छन् ।  अदालतमा वयान दिएर धरौटिमा छुटेका वैँक सञ्चालक समितिका सदस्यहरुले यो वारेमा आफुहरुलाई थाहा नभएको र बैँकका सिइओको मुख्य जिम्मेवारी हुने भन्दै इन्कारी वयान दिए ।

सञ्चालक समिति सदस्यद्वय वेगमबहादुर भण्डारी र निर्मल देवकोटा जनही १२ लाख धरौटीमा छुटे ।प्रहरीले बैंकको १८ करोड हिनामिना प्रकरणमा यसअघि नै दुई महिना लाामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको थियो।

मुद्दा दायर गर्दा बैंक सञ्चालक समिति अध्यक्ष र सदस्यहरु र ऋण वोर्डका सदस्यहरु फरार सूचीमा थिए। त्यसपछि अदालतले उनीहरूको घरमा म्याद टाँसेको थियो। यसअघि बैंकको १८ करोड रुपैयाँ हिनामिना प्रकरणका दोषीहरु अहिले अदालतमा धमाधम उपस्थित भइरहेका छन् ।  वैँकको १८ करोड हिनामिना प्रकरणको अभियोग खेपेका सञ्चालकहरु, केही खातावालहरु पक्राउ पर्ने डरले ६० दिन भागेका थिए । 

अदालतले घरमा म्याद पुर्जि टास्नुका साथै त्यसपछि मात्रै सञ्चालक समिति अध्यक्षसहीत सदस्यहरु अदालतमा उपस्थित भएको शाखा अधिकृत विष्टले जानकारी दिए। बैंकको १८ करोड हिनामिना प्रकरणमा ६ जना बैंक सञ्चालक, सिइओ, कर्मचारी,ऋणी, खातावाल गरेर ५६ जनाविरुद्ध मुद्दा छ।

यसअघि नै पक्राउ परेकामध्ये बैंकका म्यानेजरसहित १३ जना कर्मचारी र खातावाला समेत गरी पाँच जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। 
१८ करोड हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेकामध्ये बैंकका सिइओ, एक जना सञ्चालक समिति सदस्य, ऋण बोर्ड सदस्यहरू फरार छन्।

त्यस्तै, हिनामिना प्रकरणमा मुद्दा दायर गरिएकामध्ये तत्कालीन वेष्टर्न बैंकका सिइओ खिमबहादुर डिसी र खाताको रकम दुरुपयोग गरेका केही ब्यक्तिहरु पनि फरार नै रहेका छन्। तर फरार सुचिमा रहेका अन्य ब्यक्तिहरुको नाममा अदालतले प्रहरी मार्फत पक्राउ पुर्जी जारी गरेर व्यापक रुपमा खोजतलास गरेको भएपनि कोहीपनि पक्राउ परेनन् ।

त्यसपछि प्रहरीले ३५ दिने म्याद राखेर पक्राउ पुर्जी जारी गरेको हो । यो बीचमा सञ्चालक समितिका अध्यक्ष र सदस्य अदालतमा उपस्थित भएर धरौटिमा छुटेपनि अन्य केही भने अझैं फरार नै रहेका छन् । बैंक घोटालामा संलग्नमध्ये बैंक सञ्चालक, सिइओ लगाएको सम्पत्ति छानबिन गर्न मागसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा समेत परेको छ।

प्रतिक्रिया दिनुहोस