श्रीमानको आत्महत्या दुरुत्साहन : रन्जना १ लाख धरौटीमा छुटिन्

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०७६, १८ : १८
श्रीमानको आत्महत्या दुरुत्साहन : रन्जना १ लाख धरौटीमा छुटिन्

चितवन । आत्महत्या दुरुत्साहन मुद्दामा मकवानपुरकी रन्जना मैनालीलाई चितवन जिल्ला अदालतले धरौटीमा छोडेको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले आज एक लाख धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको हो । 

रन्जना अन्तिम फैसला नभएसम्मका लागि विदेश जानसमेत नपाउने भएकी छिन । अनुसन्धानका लागि उनको पासपोर्ट चितवन अदालतमै रहने अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताए । आदेशमा विदेश जान रोक लागेको भनिएको नभए पनि पासपोर्ट अनुसन्धानका लागि राखिने भएपछि जान नपाउने भएकी हुन् । 

चितवनका रवि रुवाली र मकवानपुर हेटौडाकी रन्जनाबीच २०७३ साख फागुन ३ गते विवाह भएको थियो । त्यसपछि अष्टे«लिया गएकी रन्जना र रविबीच राम्रो सम्बन्ध हुन सकेन । अष्टे«लियाबाट रन्जना नेपाल आएको केही दिनमै रविले विष सेवान गरी आत्महत्या गरेका थिए । 

रन्जनालाई आप्mनै श्रीमान् चितवनका रवि रुवालीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै रविका परिवारले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका थिए । चितवन अदालतमा हिजो आत्महत्या दुरुत्साहत मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएको भोलिपल्टै धरौटीमा छोड्ने आदेश दिएको हो । रन्जनालाई यहि पौष २४ गत्ते तारेख तोकिएको छ । बादीका तर्फबाट ४ जना अधिवक्ताले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट २ जना अधिवक्ताले बहस गरेका थिए । 

प्रतिक्रिया दिनुहोस