६ नम्बर प्रदेशमा माओवादी संसदीय दलको नेतामा शाही

विहीबार, २५ माघ २०७४, १९ : ३३
६ नम्बर प्रदेशमा माओवादी संसदीय दलको नेतामा शाही

सुर्खेत । प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रको तर्फबाट महेन्द्रबहादुर शाही चयन भएका छन् । सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको माओवादी केन्द्र ६ नम्बर प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

 एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको थियो । अव संसदीय दलको नेतानै मुख्यमन्त्री बन्ने भएपछि शाही मुख्य मन्त्री बन्ने छन् । दलको बैठकले शाही संसदीय दलको नेता वन्ने भनी निर्णय समेत गरेको छ ।

शाहीसंगै मुख्य मन्त्रीको दाबी जुम्लाका सांसद नरेश भण्डारीले गरेका थिए । भण्डारीलाई उचित स्थान दिने सहमति समेत संसदीय दलले गरेको छ ।

प्रतिक्रिया दिनुहोस