पुर्वेली विद्यार्थी संगमको अध्यक्षमा प्रतिभा, १३ कार्यसमिति चयन

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, १४ : १७
पुर्वेली विद्यार्थी संगमको अध्यक्षमा प्रतिभा, १३ कार्यसमिति चयन

चितवन । पुर्वेली विद्यार्थी संगमको अध्यक्षमा प्रतिभा न्यौपाने चयन भएका छन । संगमको तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयत भएको हो । 

जसको उपाध्यक्षमा बलराम राजवंशी, सचिवमा प्रतिभा खतिवडा, सहसचिवमा मनिता कुमारी थापा, अस्मिता भण्डारी र कोषाध्यक्षमा प्रविन पुरी चयन भएका छन् । 

यस्तै वरिष्ठ सदस्यमा आस्था पोखरेल, विधिका सुवेदी त्यस्तै सदस्यहरुमा लसिक नेपाल, निशा पराजुली, सोचन लिम्बु, निर्मल गुरागाई र प्रकाश रिजाल रहेका छन । 

पुर्वेली विद्यार्थी संगममा प्रदेश नम्बर १ का विभिन्न जिल्लाबाट आएर चितवनको कृषि तथा वन विज्ञान विश्वाविद्यालयमा अध्ययनरत विद्यार्थीहरु आवद्ध रहेका छन् । संगमले विभिन्न समयमा कार्यक्रमहरु गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस