कास्की २ मा नेकपाको अग्रता कायमै, मतान्तर दोब्बर

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, १५ : ११
कास्की २ मा नेकपाको अग्रता कायमै, मतान्तर दोब्बर

File photo

पोखरा । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईको अग्रता कायमै रहेको छ । 
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार उनले ११,७३० मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ५,८९३ मतसहित पछ्याइरहेका छन् । समाजवादी पार्टीका धर्मराज गुरुङले ४०८ र साझा पार्टीकी रजनी केसीले २४१ मत पाएकी छिन् ।
पोखरा महानगरपालिकाको वडा नं ३३, २१, २० र १७ को मतगणना भएको छ। मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस