रक्सीले मातिएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कोरियाली पप स्टारलाई जेल सजाय

एजेन्सी

आइतबार, १५ मंसिर २०७६, १४ : ४१
रक्सीले मातिएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कोरियाली पप स्टारलाई जेल सजाय

एजेन्सी । दक्षिण कोरियाको अदालतले के–पप स्टार्स जुङ्ग जुन–योंग र चोइ जोङ्ग–हुनलाई रक्सीको मातमा बेहोस भएकी महिलालाई सामूहिक बलात्कार गरेका कारण क्रमशः ६ र पाँच वर्षको जेल सजाय तोकिएको छ ।

जुङ्गमाथि बलात्कारको फुटेज छायांकन गरेर बाँडेको आरोपपनि पुष्टि भएको छ ।

यी दुईले ८० घण्टाको यौन हिंसा उपचारको कोर्स पढ्नुपर्नेछ भने उनीहरुलाई बालबालिकासँग काम गर्न प्रतिबन्ध लगाइएको छ ।

न्यायाधीस काङ्ग सियोंग–सूका अनुसार ३० वर्षे जुङ्गले रक्सीको मातले लठ्ठ एक महिलालाई बलात्कार गरेर उनको नग्न र यौन सम्बन्ध स्थापित गरिरहेको भिडियो छायांकन गरेर ग्रुप च्याटमा फैलाएका थिए ।

‘होशमा आएपछि पीडितले कति पीडा सहनुपरेको होला भनेर हामी कल्पना पनि गर्न सक्दैनौं ।’

जुङ्गले ती पीडितलाई मनोरञ्जनको एउटा साधनको रुपमा मात्रै हेरेको न्यायाधीसले बताए ।

टिभी ट्यालेन्स शोबाट चर्चामा आएका जुङ्ले आफ्नो अन्तिम बयानमा भने, ‘म आफ्नो कुकृत्यका लागि अत्यधिक लज्जित र पश्चातापमा छु ।’

‘अबदेखि म पश्चातापमा नै बाँचिरहेको हुनेछु,’ उनले थपे ।

गत मार्चमा उनले महिलाको गोप्य रुपमा भिडियो बनाएर सेयर गरेको स्विकार गर्दै आफ्नो सांगीतिक यात्राबाट विश्राम लिएका थिए ।

एफ.टी आइल्याण्ड ब्यान्डका पूर्व सदस्य ३० वर्षे चोइबारे बोल्दै अदालतले भनेको छ, ‘रक्सीले मातिएकी महिलामाथि समुहिक बलात्कार गरेपछि पनि उनलाई आफ्नो कार्यप्रति कुनै पश्चाताप छैन ।’

प्रतिक्रिया दिनुहोस