अमेरिकी डलर सहीत एक युवक पक्राउ

विहीबार, ३० कार्तिक २०७४, १५ : २१
अमेरिकी डलर सहीत एक युवक पक्राउ


मकवानपुर प्रहरीले भारततिर तस्करी गरेर लैजान लागिएको ३५ हजार अमेरिकी डलर बरामद गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले रातोमाटे चेकपोष्टमा काठमाडौबाट हेटौडा हुदै बिरगंज  जान लागेको  ना ६ ख ६२९१ बसका यात्री भेडीहारी पुर्वी चम्पारण विहार बस्ने २५ बर्षका शेषनाथ  प्रसाद पक्राउ परेका हुन । प्रसादले लगाएको जुत्ता भित्र लुकाएर राखेको बिभिन्न नम्बरका अमेरीकी डलर ३५ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

साथै प्रसादलाई  आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग, हरिहर भबन ललितपुर काठमाडौमा बुझाउने तयारी  गरिरहेको मकवानपुर प्रहरीले जनकारी दिएको  छ ।

 

प्रतिक्रिया दिनुहोस