पारस र संदिप सम्मिलित टी १० क्रिकेट लिग शुरु हुदैं

शुक्रबार, २९ कार्तिक २०७६, १३ : ०७
पारस र संदिप सम्मिलित टी १० क्रिकेट लिग शुरु हुदैं

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का र चर्चित युवा क्रिकेटर संदिप लामिछाने सम्मिलत  टी–१० लिग आजबाट यूएईमा सुरु हुँदैछ।

यूएई क्रिकेट बोर्डको आयोजनामा हुने १० ओभरको क्रिकेट लिग नयाँ ढाँचाको क्रिकेट प्रतियोगिता हो ।  नेपालका दुई महत्वपुर्ण खेलाडी  यो प्रतियोगितामा सहभागी भएकाले क्रिकेट प्रेमी नेपाली दर्शकले यो प्रतियोगितालाई बडो चासोका साथ हेरेका छन् । 

क्रिकेटमा टेस्ट, एक दिवशिय, ट्वाईन्टी २० प्रतियोगिता लामो देखि समय हुँदंै आएपनि  टी–१० भने धेरै दर्शकका लागि नौलो अनुभुति हुनेछ । ।  क्रिकेट प्रतियोगिता अन्र्तगतकै यो  सबैभन्दा छोटो ओभरको खेल हो । 

तेश्रो संस्करणको रुपमा आयोजना हुन थालेको यो प्रतियोगितामा पारस र संदिप  यस अघिको संस्करणमा पनि सहभागी भईसकेका छन् ।  प्रतियोगितामा सहभागी ८  फ्रेन्चाइज टोलीहरु भारतीय कम्पनीहरुको लगानीमा तयार भएका टीम हुन् । ‘ए’ र ‘बी’ गरि ८ वटै टीमहरुलाई दुई समूहमा विभाजित गरिएको छ।

शुक्रबार तीन खेल हुँदैछन् । शुक्रबारको तेस्रो खेलमा पारस आवद्ध टिम अबुधाबीले क्वालान्डर्स विरुद्ध खेल्दैछ। पहिलो खेल नेपाली समय साँझ ६ः१५ बजे सुरु हुनेछ । पारस सम्मिलित टोलीको खेल भने नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ। 

प्रतियोगिता अन्र्तगत सन्दीप समूह ए मा रहेको कर्नाटक तुस्कर्समा आवद्ध छन् भने पारस समूह बीमा रहेको टिम अबुधाबीमा आवद्ध छन् । शुक्रबारबाट सुरु हुने प्रतियोगिता १० दिनसम्म चल्नेछ। समूह चरण, सुपर लिग चरण, क्वालिफायर फाइलन गरी २९ वटा खेल हुनेछन् ।  सबै खेलहरु अबुधाबीको शेख जायद मैदानमा हुनेछन् । 

सन्दीप आवद्ध टोलीको खेल कर्नाटक तुस्कर्सले भने शनिबार दिल्ली बुल्सको सामना गर्दै  खेल्नेछ । छ । नेपाली खेलाडीहरु फरक फरक समूहमा सहभागी  समूह चरणका खेलमा एक अर्का विरुद्ध भने खेल्ने छैनन्। तर समुह चरणको खेलबाट उत्कृष्ट भई अर्को चरणमा प्रवेश गर्यो भने यो दुई नेपाली खेलाडी सम्मिलित टोली बिच भने प्रतियोगिता हुन सक्छ । तर दुवै नेपाली खेलाडी प्लेईंग ११ भित्र पर्छन कि पर्दैनन, त्यो भने हेर्न बाँकी नै छ ।