गैंडाको आक्रमणबाट मृत्यु

सोमबार, २२ माघ २०७४, १९ : ५०
गैंडाको आक्रमणबाट मृत्यु

चितवन । माडी नगरपालिकामा निकुञ्जबाट निस्किएको गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार निकुञ्जबाट गाउँ पसेको गैंडाले आक्रमण गर्दा माडी नगरपालिका वडा नम्बर २ का २७ वर्षीय प्रेमराज ढुङ्गेलको घटनास्थलमै मृत्यु भएको हो । ढुङ्गेल आइतबार माडी नगरपालिका वडा नम्बर १ अमिलियामा रहेको काँसघारीमा बस्तुभाउ चराउन गएका थिए ।  

साँझ बस्तुभाउ घर फर्किएपनि मानिस नफर्किएपछि खोजतलास गर्ने क्रममा काँसघारीमा ढुङ्गेलको शव आइतबार राति ११ बजे भेटिएको इलाका प्रहरी कार्यालय माडीमा प्रहरी निरीक्षक घजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । गैंडाको आक्रमणबाट मृत्यु भएका ढुङ्गेलको शरीरको पछाडि गैंडाले हानेको र बायाँ खुट्टा भाँचिएको अवस्थामा शव फेला परेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस