काठमाडौं । आगामी मंसिरमा हुने उप-निर्बाचनको निमित्त राष्ट्रिय प्रजातन्त्र पार्टीले धमाधम उम्मेदवारहरु सिफारिस गरेको छ । पार्टीले वडा तहको टिकट दिने अधिकार जिल्ला कार्य समितिलाई प्रदान गरेको छ भने गाउँ पालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिने छ । यसै गरि प्रदेश र संघिय संसदको टिकट भने सम्बन्धित जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरे बमोजिम प्रदेश समितिको सिफारिसमा पार्टी केन्द्रले टिकट दिनेछ । भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ "क" मा पार्टीको तर्फबाट जिल्ला कार्य समितिले माधब खत्री,राममणी न्यौपाने ,बुद्धि कुमार प्यासि,बिष्णु प्रसाद तिमल्सिना ,गोकुल खड्का,शिबराज केसीको नाम सिफारिस गरि बिक्रम बहादुर थापाको अध्यक्षतामा रहेको प्रदेश समिती समक्ष पठाईसकेको छ । यसै गरि दाङको क्षेत्र नम्बर ३ "ख" प्रदेशमा भुपाल रावतलाई जिल्ला समितिले प्रदीप उदयको नेतृत्वमा रहेको प्रदेश समिती समक्ष सर्बसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
बाग्लुङ- २ नम्बर क्षेत्र "ख" प्रदेशमा गणेश कुँवर सर्बसम्मत उम्मेदवार र कास्की क्षेत्र नम्बर २ को संघिय निर्बाचनमा जिल्ला समितीबाट डाक्टर भिमसेन गुरुङ ,रोम बहादुर भण्डारी,जयलाल पुन,कृष्ण बहादुर अधिकारी र इन्दिरा शाहीको नाम हेमजङ्ग गुरुङको नेतृत्वमा रहेको प्रदेश समितीमा सिफारिस भएको छ । प्रदेश समितीको सिफारिस आएपछी सो बमोजिम केन्द्रले केही दिन भित्रै उम्मेदवारको टुङ्गो लगाउने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । पार्टीले केन्द्रमा प्रबक्ता निलकण्ठ काफ्लेको संयोजकत्वमा निर्बाचन परिचालन समिती गठन गरिसकेको छ भने अर्का प्रबक्ता सुशील श्रेष्ठको नेतृत्वमा बिशेष कार्ययोजना परिचालन समिति निर्माण गरेको छ । भोलि पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा हुने बैठकले निर्वाचन सम्बन्धी महत्वपूर्ण निर्णय हुने सहायक महामन्त्री बर्तौलाले बताए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन
एसिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो कमाण्डर
सडक मार्ग अवरुद्ध रहेको बेला हवाई भाडामा सहुलियत दिन लिङदेनको माग
गण्डकीमा मन्त्री पद नै लिलामीमा छ, प्रदेश सरकार भंग गरौँ : राप्रपा
राप्रपाको संस्थापन नै गुटबन्दीमा लागेको गुनासो