एनसेलको शैलीमा हिमालयन बैंकमा राजश्व मार्ने खेल

सफल खबर संवाददाता

आइतबार, १० कार्तिक २०७६, १५ : ३७
एनसेलको शैलीमा हिमालयन बैंकमा राजश्व मार्ने खेल

काठमाडौं । नेपालको आर्कषक  सबै क्षेत्रमा लगातार विदेशी चासो र हस्तक्षेप भएको आम रुपमा जानकारी नै भएको छ । पछिल्लो दिनमा नेपालको एक बैंकमा समेत एनसेलको शैलीमा खेलो फड्को गर्ने काम शुरु भएको छ । जानकारहरुका अनुसार नेपालको प्रतिष्ठित बैंकिङ प्रणाली स्थापित गरेको हिमालयन बैंकमा त्यस्तै खालको खेलो फड्को शुरु भएको छ । स्रोतहरुका अनुसार बजार मूल्यका आधारमा हिमालयन बैंकको करिव रु ९ अर्ब ६७ करोड  मूल्य बराबरको सेयर एनसेलको शैलीमा सरकारलाई जानकारी नदिई बिक्री गर्न लागिएको छ । त्यसमा बेलायतीहरुले चलखेल शुरु गरेका छन् । नेपालमा जे जसरी भएपनि नाफा कमाऊ कोरोबार गर, राज्यलाई कर नतिर भन्ने शैलीमा काम भईरहेको छ । 

सो बैंकको ठूलो मात्रामा शेयर कारोबार हुन लागेको र त्यसमा चलखेल शुरु भएको जानकारी केन्द्रीय बैंक तथा वित्तीय संस्थालाई भएपनि त्यसलाई हेर्ने, अनुगमन गर्ने तथा कारवाहीको दायरामा ल्याउने तर्फ कुनै पनि प्रयास भएको छैन । चलेखलमा सहभागीको जानकारी पाएका एक बैंकरका अनुसार हिमालयन बैंकको  सेयर बेलायतको डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युशन, सीडीसीले किन्न लागेको हो ।

हिमालयन बैंकको कूल १ करोड ७० लाख ४० हजार कित्ता सेयर सीडीसीले किन्दै छ । तर कति मूल्यमा कारोबार हुन लागेको हो त्यो खुलाईएको छैन । त्यसरी भित्र भित्रै कारोबार गर्न लाग्नुको पछाडि चर्को चलखेल रहेको सहजै अनुमान गर्न सकिन्छ ।  नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १८० दिन कारोबार भएको औसत मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ ९३ पैसा छ । औसत मूल्यका आधारमा सेयर कारोबार हुने हो भने रु ९ अर्ब ६७ करोड ८७ लाख २० हजार पर्न जान्छ । 

नेपालमा साधारण सेयरभन्दा संस्थापक सेयर कम मूल्यमा कारोबार हुने गरेको छ । त्यस्तै, ठूलो परिणाममा सेयर कारोबार हुँदा औसत मूल्य भन्दा कम मूल्यमा कारोबार हुने गरेको छ । यो कारोबार कति मूल्यमा हुन लागेको हो र यसबाट सरकारले कति राजश्व प्राप्त गर्छ भन्ने अहिलेसम्म आधिकारिक रुपमा कुनै पक्षले बोलेको छैन । त्यसैमा एनसेल शैली अपनाउन लागिएको छ । सरकारी राजश्व मार्न खोजिएको जानकारहरु बताउँछन् । तर सो बारेमा हिमालयन बैंकका कुनै पनि आधिकारीक व्यक्तिः बोल्न चाहँदैनन् । बैंकका प्रमुख कार्यकारी अधिकृत समेत सो विषयमा आफूलाई जानकारी नभएको र लगानीकर्ताले छलफल गरेको हुन सक्ने बताउँछन् । 

पाकिस्तानको हविव बैंक र बेलायतको सीडीसीबीच हुने कारोबार नेपालमा नै भए नेपाल सरकारले यसबाट करोडौं राजश्व प्राप्त गर्छ । तर एनसेलको जस्तै विदेशमा नै कारोबार भएको नेपाल सरकार ठगिने सम्भावना रहेको भन्दै बेलैमा बुद्धि पु¥याउनुपर्नेमा चासो राख्नेहरुले जोड दिएका छन् । हिमालय बैंकको २० प्रतिशत सेयर हिमालयन बैंक स्थापनादेखि नै २० प्रतिशत सेयर धारण गरेकोे पाकिस्तानको हविल बैंकले आफ्नो सेयर सीडीसीलाई बेच्न लागेको हो । कारोबारको लागि नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । सेयर बिक्री प्रक्रिया अन्तिम चरणमा पुगको र यसै साता हिमालयन बैंक सञ्चालक समितिको बैठकले सहमतिको अन्तिम निर्णय दिने तयारी भईरहेको बैंक स्रोतले बतायो । ‘आगामी केही दिन भित्रै बस्ने सञ्चालक समितिको बैठकले सेयर कारोबारको लागि सहमति दिन सक्छ’ स्रोतले भन्यो । उक्त सेयर कारोबारका लागि बैंकका सबैं प्रवद्धक र राष्ट्र बैंकबाट सहमति लिइसकेकोले सञ्चालक समितिको निर्णयसँगै लेनदेन कारोबार हुने बताइएको छ । सीडीसी बेलायतको प्रशिद्ध वित्तीय संस्था भएको हल्ला गरिएको छ । यसमा ६० प्रतिशत सेयर बेलायतका सरकारी निकायहरुको छ भने ४० प्रतिशत सेयर विश्वका विभिन्न बैंक तथा वित्तीय संस्थाको रहेको छ । हविव बैंक पनि सीडीसीको सेयर होल्डर भएकोले यो कारोबार केही सहज भएको स्रोतले बतायो ।
 

प्रतिक्रिया दिनुहोस