२५ जना हाइप्रोफाइल जुवाडेहरुमा एयर डाइनेस्टीका सञ्चालक पनि, अरु कोको ? (नामावलीसहित)

सफल खबर संवाददाता

आइतबार, १० कार्तिक २०७६, १५ : १९
२५ जना हाइप्रोफाइल जुवाडेहरुमा एयर डाइनेस्टीका सञ्चालक पनि, अरु कोको ? (नामावलीसहित)

काठमाडौँ । महराजगञ्जबाट पक्राउ परेका २५ जना हाइप्रोफाइल जुवाडेहरुमा एयर डाइनेस्टीका प्रबन्ध निर्देशक पवित्र कुमार कार्की पनि परेका छन् ।

प्रहरीले आइतबार बिहान करिब २ बजेतिर काठमाडौं महानगरपालिका-३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा छापा मार्‍यो । त्यस घरभित्र उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु पनि लाखौं रकम दाउमा राखेर जुवा खेल्न मस्त थिए । त्यहाँ मिनी क्यासिनो चलि रहेको थियो ।

त्यहाँबाट प्रहरीले दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । ती पक्राउ परेका मध्ये एक हुन् एयर डाइनेस्टीका प्रबन्ध निर्देशक पवित्र कुमार कार्की ।

अन्य २४ जनाको नाम हेर्नुहोस्,
१.  ‍काठमाडौं महानगरपालिका- २ भाङ्गीका बुद्ध लामा

२. काठमाडौं महानगरपालिका-१५ का मुक्ती लामा

३. काठमाडौं महानगरपालिका-९ का पवन अग्रवाल

४. काठमाडौं महानगरपालिका- ६ का सुमन अग्रवाल

५. काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ का कृष्ण भण्डारी

६. काठमाडौं महानगरपालिका-२९ का राम तामाङ्ग

७. काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ का सिताराम खड्का

८. काठमाडौं महानगरपालिका-२६ का अशोक श्रेष्ठ

९. काठमाडौं महानगरपालिका – ३५ का श्यामप्रसाद पराजुली

१०. काठमाडौं महानगरपालिका-१५ स्वयम्भु का रञ्जन राजबंशी

११. काठमाडौं महानगरपालिका-३ का विक्रम गौतम (मिनी क्यासिनो सञ्चालक घरधनी)

१२. काभ्रेपलान्चोक पनौती नगरपालिका-५ का प्रदीप बोगटी

१३. काभ्रेपलान्चोक तिमाल गाउँपालिका-६ का नवाङ्ग लामा

१४. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-९ का धावा लामा

१५. काभ्रेपलान्चोक रोशी गाउँपालिका-४ का बलराम सापकोटा (बले)

१६. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-११ का रोशन तामाङ्ग

१७. दोलखा भीमेश्वर नगरपालिका-५ का राम कृष्ण के.सी.

१८. दोलखा भीमेश्वर नगरपालिका-५ बस्ने ईन्द्र श्रेष्ठ

१९. ललितपुरको गोदावरीका प्रेम थापा मगर

२०. ललितपुर पुल्चोकका सोहेल कार्की

२१. ओखलढुङ्गाको पाप्ले-३ का सुमन गुरुङ्ग

२२. रौतहट चन्द्रनिगाहपुर नगरपालिका-३ का शोवित सिलवाल

२३. रामेछापको बाम्तिभण्डारका पवित्रकुमार कार्की

२४. सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ का शम्भु शेर्पा
 

प्रतिक्रिया दिनुहोस