म र प्रचण्डबीचको दुरी काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भएको हो : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, १० कार्तिक २०७६, १३ : १५
म र प्रचण्डबीचको दुरी काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भएको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको दुरी किलोमिटरको हिसाबले मात्र बढेको बताएका छन् । 
असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीमा दुई अध्यक्षबीच दूरी बढेको हो भन्ने प्रश्न सोधिएको थियो । जवाफमा उनले भने, ‘रमाइलो कुरा गर्नुभयो । काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो ।’ यो भन्दाबाहेक दूरी नबढेको भन्दै उनले भने, तपाईहरुको गणित मिलेन । दूरीको अवस्था पनि छैन, सम्भावना पनि छैन ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस