केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजे : पौडेल

सफल खबर संवाददाता

शनिबार, ०९ कार्तिक २०७६, १६ : ४१
केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजे : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले नेतृत्व नालायक हुँदा देश झन् पछाडि धकेलिएको आरोप लगाएका छन् ।

उनले केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजेको दाबि गरे ।  नकेपाले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेको भन्दै उनले भने —‘अदालत,प्रसासन,प्रहरीमा राजनीतिकरण गरिएको छ ,मानवअधिकार,अभिब्यक्ति स्वतन्त्रतामाथि धर्म संस्कृतिमाथिको हस्तक्षेप अस्वीकार्य छ ।’

बुटवलमा आज बिहान रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ द्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेता पौडेलले नकपाले गरिरहेको सत्ता कब्जाको अरोप लगाएका हुन् ।

हरेक क्षेत्रमा एकाधिकार बढाउने कोशिश गरिएको भन्दै उनले सरकारले राजनीतिप्रति बितृष्णा पैदा गर्ने,कानुन उल्लंघन गर्ने,सत्ताको आडमा अराजकता मच्चाउने कामको कांग्रेसले बिरोध गर्ने बताए ।

काग्रेस भएसम्म अभिब्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप सम्भब नभएको दाबि गर्दै नेता पौडेलले ,लोकतान्त्रिक मुल्य मान्यता र थिती बसाल्न ,संस्कार र संस्कृतिको जगेर्ना गर्न कांग्रेसबाट मात्रै सम्भब हुने उनको भनाइ छ ।

भर्खरै  चिनीया राष्ट्रपतिको नेपाल भ्रमण सकिएको र त्यसपछि  सत्ताधारी नेकपाले सी बिचार नै आयात गर्न खोजेको उनको आरोप छ ।

‘मौलिकता फेरेर कसैको चाकडी नगरौं , सी बिचार नै आयात गरेर कुनैपनि छिमेकी खुसी हुदैनन् उनीसंग नजिक भइदैन,चीनले बिना स्वार्थ नेपालमा लगानी गर्दैन ।’पौडेलले भने ।देशमा हस्तक्षेप बढाउने गरि कसैले कोहिसंग सहमति गर्न नहुनेमा उनको जोड छ ।भारत र चीनसंग राम्रो सम्बन्ध बनाउनुपर्ने तर त्यसअघि नेपालका दलसंग छलफल गरेर राजनैतिक सहमति बनाउनुपर्ने उनको भनाइ थियो ।पौडेलले यो सरकारलाइ सच्चाउनका लागि पनि उपनिर्बाचनमा कांग्रेसलाइ भोट दिने दाबि गरे । मध्यावधि मुल्यांकन जस्तै यो पटकको उपचुनाव हुने उनको ठहर छ।

सरकारको कामको मुल्यांकन,कांग्रेसको हिसाबकिताब यहि उपचुनाबले गर्ने पौडेलको भनाइ छ ।

फौजदारी अभियोग लागेका सांसदको निश्पक्ष अनुसन्धानमा कांग्रेसको सहयोग गर्ने उनले बताए । ‘राजनैतिक पूर्वाग्रह साधिंएको छ ,घटनामाथि निश्पक्ष छानबिन होस् ।’ उनले भने ।कोहि अपराधि,कोहि भ्रष्टाचारी,कोहि बलात्कार भएपनि जोगिने रुअरुलाइ मात्रै कानुन लाग्ने उनको प्रश्न छ ।

कांग्रेसका युवा नेता पौडेलले कांग्रेसको नेतृत्व परिबर्तनको जरुरी रहेको बताए । पार्टीले प्राथमिकता,बिचार बदल्न जरुरी रहेको भन्दै उनले नेतृत्व परिबर्तन आजको आबश्यकता भएको दोहोर्याए ।

।अबको चुनाब जित्नका लागि कांग्रेसको बदलिएर आउनुपर्ने भन्दै उनले ३३ प्रतिशत कांग्रेस , ४८ प्रतिशतको नेकपासंग लड्न सक्नुपर्ने बताए ।

पौडेलले भने — कांग्रेस अब  ब्लु प्रिन्टका साथम आउनुपर्छ ,२५ लाख भोट थप्नुपर्छ ,मुद्धागत प्रतिस्प्रर्धामा राजनीति गर्नुपर्छ । अबको उपचुनाबमा जित्नेलाइ टीकट दिनुपर्ने भन्द्रै उनले पार्टी्भित्र गुट उपगुट हेरेर होइन,अब हिजोको गल्ती दोहोर्याउनु हुदैन ।

प्रतिक्रिया दिनुहोस