कास्की– २ मा नेकपाले बनायो रविन्द्र पत्नी विद्यालाई उम्मेदवार

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, १७ : ५०
कास्की– २ मा नेकपाले बनायो रविन्द्र पत्नी विद्यालाई   उम्मेदवार

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की– २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विद्या भट्टराईलाई उमेद्वार घोषणा गरेको छ । 
पूर्वपर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि कास्की– २ को सांसद पद रिक्त थियो । विद्या उनै दिवंगत रविन्द्रकी पत्नी हुन् ।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले विद्याको मात्र नाम सिफारिस गर्ने घोषणा हो ।

प्रतिक्रिया दिनुहोस