आलम प्रकरण : गौरमा मौन प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, १५ : २७
आलम प्रकरण : गौरमा मौन प्रदर्शन

रौतहट । पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफ्ताव आलमको समर्थनमा रौतहटको गौरमा मौन प्रदर्शन गरिएको छ ।
शुक्रबार काँग्रेस निकट कार्यकर्ताले मौन प्रदर्शन गरेका हुन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै उनीहरु त्यसको विरुद्धमा सडकमा उत्रिएका हुन् ।

वम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमममाथि अनुसन्धान भइरहेकै बेला कांग्रेसले जुलस निकालेको हो । जुलुसका सहभागीले नाराबाजी नगरे पनि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

आलमलाई अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट आज तेस्रो पटक आठ दिनका लागि म्याद थप गरिएको छ । 

प्रतिक्रिया दिनुहोस