गोर्खामा रहेको ऐतिहासिक मन्दिर मनकामनामा १८ किलोको सुनको छाना राखिदै

आइतबार, २१ माघ २०७४, १८ : १७
गोर्खामा रहेको ऐतिहासिक मन्दिर मनकामनामा १८ किलोको सुनको छाना राखिदै

गोर्खामा रहेको प्रसिद्ध धार्मिक सम्पदा ऐतिहासिक मन्दिर मनकामनामा सुनको छाना लगाउने कार्य ४० प्रतिशत सकिएको छ । प्राचीन धार्मिक सम्पदाको रुपमा प्रख्यात उक्त मन्दिरमा मनकामना माइको दर्शन गरे मनले चिताएको पुग्ने धार्मिक विश्वास रहेदै आएकोे छ ।

करीब १५० वर्ष पहिले निर्मित उक्त मन्दिर १९९० सालको भुकम्पले क्षति भएपछि पुननिर्माण गरिएको थियो भने सो को २०७२ सालको भुकम्पले केहि धक्का दिएपछि मन्दिरको जीणोद्र्धार तथा सुनको जलप लगाई छाना लगाउन लागिएको हो । हाल उक्त मन्दिरमा १ महिनादेखि कालिगढहरुले जर्मनी तामाको जस्तामा सुनको जलप लगाइरहेका छन् हालसम्म ६ किलो सुनको जलप लगाउने कार्य सम्पन्न भएको मनकामना मन्दिर जीर्णेद्धार समितिका सचिव प्रेम कुमार श्रेण्ठ बताउनुहुन्छ । श्रेष्ठका अनुसार यो सबै मनकामना माइको कृपाले भक्तजनहरुको सहगोगबाट सम्पन्न हुने भन्दै हालसम्मको कार्यका लागि नेपाल सरकारबाट २ पटक गरि ४ करोड सहयोग अनुदान प्राप्त भएको र बाकी २ करोड बराबर जिन्सी तथा नगद संकलन भैसकेको छ ।

जसमा ठूला दानदातामा तामाको पाता सौजन्य गर्नुहुने ललितपुर निवासी सुन्दरलाल खड्गीले करीब ५० लाख बराबरको उक्त छानालाई चाहिने तामाको जस्ता पाता उपलब्ध गराइसक्नुभएको र इट्टाका लागि २५ लाख बराबरको सम्पूर्ण इट्टा हीराकाजी महर्जनबाट प्राप्त भएको छ भने हालसम्म  लाजिम्पाट काठमाण्डौ निवासी पवन कुमार तिमिल्सिना र रोशनी तिमिल्सिनाबाट प्राप्त २३ ग्राम सुन सहित ११४ ग्राम सुन भक्तजनबाटै प्राप्त भएको छ । यसका लागि कुल परियोजना लागत १६ करोड रहेको र बाकी रकम पनि श्रद्धालु भक्तजनहरुबाट प्राप्त हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । उहाँको भनाइमा यो कार्य भोलिका भावि पुस्ताहरुका लागि ऐतिहासिक रहनेछ , हामीले ५०० वर्ष सम्म टिक्ने गरि सुनको छाना निर्माण गरिरहेका छौ श्रेष्ठले भन्नुभयो हामीले पुरातात्विक विभागका इन्जिनीयरको प्रत्यक्ष निगरानी र नेपाल प्रहरीको सुरक्षामा रहेर कार्य गरिरहेका छौ ।

विभागले ०६७÷०६८ मा अनुमान गरेको १ तोला सुन बराबर ४ स्क्वाइयर भन्दा अझ मजबुत होस् भनेरै १ तोला सुन बराबर ३ स्क्वाइयर र बुट्टामा १ तोला सुन बराबर २ स्क्वायर हुने गरि जलप लगाइरहेका छौ सो अनुसार यसको लागत विभागले अनुमान गरेको भन्दा र सो बेलाको सुनको दरभाउ भन्दा केहि बढि भएकाले करीब १६ करोड पुग्ने अनुमान गरेका छौ । सुरक्षा निकाय र प्रमुख जिल्ला प्रशासन अधिकारी पदेन सदस्य रहेको समितिका अध्यक्ष नरेन्द्र श्रेष्ठ रहनुभएको छ भने मूल समिति ३१ सदस्यीय रहेको र उक्त समिति दिनरात नभनि खटिएर कार्य गरिरहेको श्रेष्ठले बताउनुभयो । उक्त सुन सबै नेपाल राष्ट्र बैंकबाट खरीद गरिएको छ । 

नववर्ष २०७५ बैशाख १ गते उद्घाटनको लक्ष्य राखिएको यो अति नै पुण्यको कार्य सम्पन्न गर्न सम्पूर्ण देश विदेशमा रहनुभएका नेपालीहरुलाई समितिले हार्दिक अपिल गर्दे रु १ लाख भन्दा बढि दान सहयोग गर्नेको ताम्रपत्र तथा तिन पुस्ते सहितको विवरण उक्त ताम्रपत्र र शिलालेखमा लेखिने व्यवश्था मिलाएको र रु.५०० भन्दा बढि दान दिनेको नाम उक्त मन्दिरमै अवस्थित संकलन सचिवालयबाट माइकमा उद्घोष गर्ने गरिएको छ । मन्दिरमा दिनहु हजारौं दर्शालु भक्तजनको घुँइचो रहने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस