गुण्डा नाइके बाघे पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०१ कार्तिक २०७६, १३ : ४२
गुण्डा नाइके बाघे पक्राउ

काठमाडौँ । गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बाघेलाई स्वयम्भूबाट आज शुक्रबार पक्राउ गरेको हो ।

विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । लामा जेबिएस डिपोका सञ्चालक हुन् । 

मात्रा नपुर्‍याई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको छ ।
उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस