प्रधानमन्त्रीको आह्रवानमा बालुवाटारमा आज शीर्ष वैठक बस्ने

ओली, प्रचण्ड र देउवा वीच छलफल हुने, टिआरसीका विषयमा गम्भिर छलफल हुने

सफल खबर संवाददाता

शुक्रबार, ०१ कार्तिक २०७६, ०८ : ५५
प्रधानमन्त्रीको आह्रवानमा बालुवाटारमा आज शीर्ष वैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आह्रवानमा आज ओली, नेकपका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरवहादुर देउवाका वीचमा छलफल हुदैछ । शान्ति प्रक्रियाका बाकी दुई काम सत्यनिरुपण तथा मेलमिलापको काम र वेपत्ता खोजीको कामका विषयमा आवश्यक निर्णय लिनका लागि तीन शीर्ष नेता छलफलमा बस्न लागेका हुन् ।

छलफल हिजै साझ ४ वजे बस्ने गरी समय तोकिएपनि अन्तिम समयमा आएर आजका लागि सारिएको थियो। नेकपाका नेता सोमप्रसाद पाण्डेको छोराको विवाहका लागि शीर्ष नेताहरु नै जानुपरेकाले प्रधानमन्त्रीले छलफल आजका लागि सारेको ओली निकट स्रोतले बतायो ।

नेकपा अध्यक्ष प्रचण्ड पनि हिजो चितवनका कार्यक्रममा ब्यस्त भएर साझ मात्र काठमाडौं आईपुगेका थिए ।

‘सबै  शीर्ष नेताहरु अलिक ब्यस्त देखिएका कारण हिजो छलफल हुन सकेन, आज छलफल गर्ने तयारी छ,’ बालुवाटार स्रोतले भन्यो ।

सत्य निरुपण र मेलमिलाप र वेपत्ताको खोजी अभियान शान्ति प्रक्रियाका अहिलेसम्म नटुंिगएका विषय हुन् । यो विषयमा ढिलाई भईरहेकोमा तत्कालिन माओवादी पक्ष असन्त्ुष्ट रहदै आएको थियो । उसले वारम्वार यस विषयमा प्रधानमन्त्री ओली देखि कांग्रेसका सभापति शेरवहादुर देउवासाग कुरा उठाउादै आएको छ ।

प्रचण्ड र देउवा यस विषयलाई छिटो टुंगो पु¥याउनु पर्ने पक्षमा छन भने ओली त्यक्ति गम्भिर बनिरहेका छैनन । ओली पहिलो पटक प्रधानमन्त्री हुदा समेत यही विषयमा उनको उदासिनताका कारण तत्कालिन एमाले र माओवादीका वीचमा खटपट समेत भएको थियो ।

अहिले ओलीले पछिल्लो पटक सिंगापुर उपचार भ्रमणमा जानु अगाडी संसदमै एक साताभित्र आयोग गठन हुने बताएका थिए । तर उनले बताएको महिनौ वितिसक्दा समेत आयोवग गठन हुन सकेको छैन ।

एकपटक तीन शीर्ष नेता सहित यो प्रक्रियाको छलफलमा रहेका अन्य नेताहरुसमेतको वालुवाटारमा छलफल चलेर पूर्व महान्याधिवक्ता रमण श्रेष्ठलाई टिआरसीको अध्यक्ष बनाउने समझदारी समेत बनेको समाचार सार्वजनिक भएको थियो । तर श्रेष्ठले नबन्ने बताएपछि फेरि प्रक्रिया अल्झिएको अल्झियै छ ।

२८ असोजमा बालुवाटारमा नेकपाका सचिवालय सदस्यहरुको अनौपचारिक छलफलमा प्रचण्डले टिआरसीको विषय छिटो टुंगोमा पु¥याउन जोड गरेपछि ओलीले तीन शीर्ष नेताको छलफल डाकेका हुन् ।

नेकपाले अव गर्नुपर्ने तत्कालका कामका सूचि बनाउन शीर्ष नेताहरु अनौपचारिक छलफलमा रहेका बेला प्रचण्डले टिआरसीका विषयमा सरकारको ध्यानाकर्षण गम्भिर रुपमा गराएका थिए ।

बोल्ने एउटा तर कार्यान्वयनमा फेरि हुन थालेको ढिलाईले आशंका मात्र जन्माउने काम गरेको भन्दै    प्रचण्डले काममा देखिन गम्भिर बन्नुपर्ने धारणा राखेको स्रोत बताउाछ । त्यसपछि ओलीले हिजो बेलुकी छलफलको लागि वैठक आह्रवान गरेका थिए । तर फेरि नेताहरुको कार्यब्यस्ताता देखाउदै वैठक हिजो बस्न सकेन । आयोग गठनका लागि सर्वाेच्चका पूर्व प्रधानन्यायधिस ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति बनेको थियो ।

सिफारिस समिति दलहरुवीचको राजनीतिक सहमतिको पखाईमा वसेको छ । समितिलाई सहमतिका आधारमा नाम सिफारिस गर्नका लागि  दलहरुले नै वाटो खोलिदिनुपर्ने देखिएपछि वैठक बस्न खोजेको हो ।

प्रतिक्रिया दिनुहोस