रवि लामिछानेविरुद्धको मुद्धामा उच्च अदालत हेटौंडाबाट यस्तो आयो आदेश

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, १८ : ४१
रवि लामिछानेविरुद्धको मुद्धामा उच्च अदालत हेटौंडाबाट यस्तो आयो आदेश

काठमाडौँ । उच्च अदालत हेटौंडाले सञ्चारकर्मी रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न आदेश दिएको छ ।

यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि जिल्ला अदालतले गरेको आदेशउपर धरौटी कायम गर्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ ।

यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । 
अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए । 

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्सान अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए । 

प्रतिक्रिया दिनुहोस