समाजवाद निर्माणका लागि सबै बीचको एकता आवश्यक : बादल

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, १६ : २७
समाजवाद निर्माणका लागि सबै बीचको एकता आवश्यक : बादल

चितवन । नेपाललाई समृद्ध र विकासको नयाँ उचाईमा पूर्याउन सबै राजनितिक दल एक भई सहकार्य गर्नु आवश्यता रहेको गृहमन्त्रि रामबहादुर थापा बादलले बताउनु भएको छ । 
देशलाई विकासको सिखरमा पुर्याउन आर्थिक र राजनीतिक समस्यासँगै केही पुरातन वादीहरु पनि बाधक रहेको बताउँदै उहाँले त्यस्ता तत्वहरुलाई निस्तेज गर्न सबै एक हुनुपर्ने बताउनुभयो । साजबादमा जान रोक्नका लागि पुरातन वादीहरु लागेको र त्यस्तो प्रवृत्ति समाज विकासको बाधक भएको उहाँको भनाइ थियो । आद्योगिकरण, कृषिमा आधुनिकिरण र व्यवसायीक करण गरेरमात्रै समाजवादको निर्माण हुने बताउँदै उहाँले समाजबाद निर्माण गर्दै देश विकासको सिखरमा पूर्याउन सबै एक हुन आवश्यक रहकोमा जोड दिनुभयो । उहँले राजनीतिक समाजवादको निर्माणमा चितवनले महत्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभयो । चितवन जिल्ला देशको संघीय राजधानी बन्न सक्ने संभावना बोकेको जिल्ला भएको बताउँदै उहाँले  चितवनको भविश्य थप उज्वल रहेकोमा जोड दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले दसैँतिहार र छठ्को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले विगत लामो समयदेखि राजनीतिको केन्द्र बन्दै आएको चितवन संघीय राजधानी बन्न सक्ने बताउनुभयो  । चितवन जिल्लाले कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरेको विकासले राजधानी बन्न सक्ने आधार तय गरेको उहाँको भनाइ थियो ।   

देश नयाँ युग नयाँ परिवेश र चरणमा प्रवेश गरेको बताउँदै उहाँले हिजो नेपाली समाज र राजनीतिक व्यवस्था र सांस्कृतिक अवस्था भिन्न भएको जसलाई दलाल नोक्कर साही पूँजिवादका रुपमा व्याख्या गर्ने गरिएको र त्यो सामाजिक चरण पार गरेर अहिले अर्को चरणमा पुगेकाले अव नया लक्ष्य प्राप्तिका लागि नयाँ ढंगले संगठित गरी नयाँ अभियान सञ्चालन गरिएको समेत बताउनुभयो ।  प्राप्त उपलिब्धलाई संरक्षण र रक्षा गरी नयाँ समाजको निर्माणका लागि नयाँ संकल्प गर्ने अवस्थामा आएको र समाजवादको निर्माणका लागि यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस