नेकपा कार्यकर्तामा कम्युनिष्ट आचरण हराउँदै गएको छ : प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, १३ : ५१
नेकपा कार्यकर्तामा कम्युनिष्ट आचरण हराउँदै गएको छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका नेता कार्यक्रर्तामा ग्यास्टिक र अल्सरले सताएको बताउनु भएको छ ।

नेकपा चितवनले आयोजना गरेको चियापान कार्यक्रममा उहाँले पछिल्लो समय पार्टीका नेता कार्यकर्तामा कम्युनिष्ट आचरण हराउँदै गएको जसले गर्दा आफँैले ल्याएको परिवर्तन आफ्नै कारणले गुम्ने हो कि भन्ने खतरा रहेको भन्दै कार्यकर्ताले आफूमा लागेको पार्टी विरोधी रोग ग्यास्टिक र अल्सरको उपचार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी सदस्यलाई कन्टोल गर्न नसकेर जसले जे पायो, ल्यही बोल्ने जे पायो त्यही भन्ने अवस्था सृजना भएको छ । पार्टी र नेता कार्यकर्तामा अराजकता मौलाएको छ । कम्युनिष्टका लागि देशमा कहीँ कतैबाट खतरा छ भने त्यो हामी नेता र कार्यकर्ताबाट नै छ ।’ 

उहाँले आफ्नो पृष्ठभूमि बिसर्ने रोगले सताएको बताउनुभयो । ‘यो क्रान्ति र कम्युनिष्टका लागि खतराको संकेत हो’ उहाँले थप्नुभयो, ‘बिग्रिएर कामै नलाग्ने भएका छौँ भन्ने होइन सबैमा धुलोमैलो लागेको छ सबैले आफनै धुलो मैलो हेर्नुपर्ने र बिगतमा राजनीतिमा आफू लाग्दाको अवस्था र अहिलेको अवस्वथाको आफूले आफैँलाई मूल्याकंन गर्नुपर्ने समय आएको छ ।’  

उपचारै नहुने गरी क्यान्सर नभएको, ग्यास्टिक र अल्सर भएको हुनाले बेलैमा उपचार गरी पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउन सबै जुट्नुपर्ने उहाँको भनाइ थियो ।

केन्द्रमा पनि पार्टीले यही समीक्षा गरेको र उमेरले जीवनको उत्तरराद्र्धमा आइसके पनि समाजबादको विकासका लागि पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउनका लागि  फेरि एक पटक आन्दोलन गर्ने इच्छा रहेको उहाँको भनाइ थियो । आफूले लिएको  महान उद्देश्य पूरा गर्न नागरिकले साथ दिने र विजय हासिल गर्ने बताउँदै उहाँले प्रतिक्रान्ति रोक्ने गतिलो उदाहरण सन्सारलाई नै दिने गरी पार्टीको विकास गर्ने बताउनुभयो ।

त्यस्तै नेता र कार्यकर्तामा गलत प्रवृत्ति हावी भए सोभियत संघ विघटन भएजस्तै गरी नेपालका कम्यनिष्टहरु सकिने समेत बताउनु भयो । पछिल्लोसमय चितवनमा अराजकता वादीहरुको राजनीतिक थलो बन्न थालेको बताउँदै उहाँले यसमा आफ्नो पार्टीका कार्यकर्ताहरु पनि संलग्न रहेको भन्दै दुखेसो गर्नु भयो । उहाँले यस्तो प्रबृति रोक्न सबै लाग्नु पर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस