हेर्नुहोस्, विप्लवका दाईसँगै पक्राउ परेका २१ नेता कार्यकर्ताको नामावली

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, १२ : ४५
हेर्नुहोस्, विप्लवका दाईसँगै पक्राउ परेका २१ नेता कार्यकर्ताको नामावली

काठमाडौं । सरकारले प्रतिबन्धित घोषणा गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहका २१ नेता कार्यकर्ता गएराती दाङबाट पक्राउ परेका छन् ।

नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट पक्राउ गरिएको दाङ प्रहरी प्रवक्ता विनोदविक्रम शाहले टेलिफोनमा बताए ।
 
पक्राउ परेकाहरु :

१. केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज

२( चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो ईन्चार्ज एवं मध्य पश्चिम कमाण्ड ईन्चार्ज

३. रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवं न्याय विभाग समिति जिल्ला संयोजक

४. सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव

५. यमलाल कटुवाल (विक्रम) जिल्ला ईन्चार्ज

६. प्रदीप वली – जिल्ला सेक्रेटरी

७. बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष

८. सुनिल पौडेल – वुद्धिजिवी

९. एकराज चौधरी – एरिया नम्बर ४ ईन्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य

१०. धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवं राजपुर गापा सेक्रेटरी

११. तिलक पुन – पूर्व जनमुक्ति सेना

१२. सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष

१३. हितप्रसाद रोका – पार्टी सदस्य

१४. पोष्टमान घर्ती – रोल्पा जिल्ला

१५. दल बहादुर घर्ती

१६. अमित घर्ती मगर

१७. बालकृष्ण शर्मा

१८. जीत क्षेत्री

१९. रमेश आचार्य

२०. कुल बहादुर वली

२१. विष्णु थापा

प्रतिक्रिया दिनुहोस