जुवा खालबाट रु तीन लाखसहित सात पक्राउ

आइतबार, २१ माघ २०७४, १४ : १८
जुवा खालबाट रु तीन लाखसहित सात पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्दै गरेका छ जनालाई आज पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका –६ स्थित सानुभाइ श्रेष्ठका घरमा जुवा खेल्दै गरेको अवस्थामा छापा मारी पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले जुवाखालबाट ताससँगै रु दुई लाख ९७ हजार ५२० सहित उनीहरुलाई नियन्त्रणमा कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस