उपप्रधानमन्त्री इश्वर पोखरेलले किन भुले मर्यादा ?

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, ०९ : ००
उपप्रधानमन्त्री इश्वर पोखरेलले किन भुले मर्यादा ?

काठमाडौं । चीनका राष्ट्रपतिको नाम के होला ? अलिकतिमात्र राजनीतिक चेत भएका जो कोही नेपालीलाई सोधे पनि भन्न सक्छन्, – सी जिनफिङ । राष्ट्रपतिको नाममा रहेको ‘जिनफिङ’ शब्दको उच्चारणमा केही तलमाथी भएपनि अधिकांश नेपालीले सहज भन्न सक्छन्, अहिले चिनियाँ राष्ट्रपतिको नाम ।

यसकारण पनि नेपालीले भन्न सक्छन् की, उनले भर्खरै २३ वर्षपछि नेपालको दुईदिने भव्य राजकीय भ्रमण गरेका कारण । सरकारले उनको नेपाल भ्रमणका क्रममा गरेको भव्य तयारी, उनलाई दिएको सम्मान र उनले नेपाललाई मित्रवत सम्वन्धका रुपमा मात्र होइन, नेपाल चीन सम्बन्धलाई रणनीतिक साक्षेदारका रुपमा अघि बढाउन गरेको घोषणा, भुपरिवेष्ठित मुलुक नेपाललाई भुजडित बनाउन आफ्नो देशले खेल्ने बचनवद्दता समेत दिएका कारण पनि नेपाली जनजनको दिमागमा उनको नाम कन्ठै छ ।
तर अचम्म सरकारकै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई चिनियाँ राष्ट्रपतिको नाममा कन्फूयूज छ । तपाईंलाई यसो भनिरहँदा अचम्म लाग्न पनि सक्ला ! कसरी ?
भएको छ त्यस्तै । तर यो उनलाई नामै ख्याल नभएर भएको भने होइन । उनलाई राष्ट्रपति सीको नाम थाहा छ । कसैले सोध्दा जवाफ पनि दिन सक्छन् । तर उनी यति ‘निक्लिजेन्स’ छन् की आफूले के गल्ती गरिरहेको छु, के बोलिरहेको छु भन्ने सम्म पनि उनलाई भेउ हुँदैन ।

यसको पुष्टि उनले तीन दिन अगाडि काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधनका क्रममा पटक–पटक देखाएका छन् । आफ्नो कमजोरी देखिएपछि पनि उनी त्यसलाई सच्याउन चाहँदैनन । व्यक्तिगत हठ र स्वभाव उनको यस्तो छ की, उनी आफूभन्दा जान्नेबुझने अरु कसैलाई ठान्दैनन् ।

उनले तीन दिन अघि काठमाडौंमा चाइना नेपाल युथ फोर्स शिल्क रोड फोरमले गरेको एक कार्यक्रममा पटक–पटक सार्वजनिक सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई महामहिम राजदुतको रुपमा सम्बोधन गरिरहे ।

त्यो पनि एक, दुई पटक होइन, तीन–तीन पटकसम्म । मञ्चमै बसेका देखि दर्शक दीर्घले समेत उनको त्यो अभिव्यक्तिलाई हासिमजाक बनाउँदासम्म उनलाई त्यसको भेउ हँुदैन । उनी झन् एकपछि अर्काे गल्ती दोहो¥याउँदै जान्छन् भनेपछि तपाईं आफै अनुमान लगाउनुहोस्,– उपप्रधानमन्त्री समेत रहेका पोखरेल कतिसम्म गैह्रजिम्मेवार छन भन्ने कुरा ।

हो, सार्वजनिक अभिव्यक्ति दिँदा मान्छे बेला बेला चिप्लिन्छ । तर त्यसलाई मञ्चमै बस्नेदेखि दर्शक दीर्घले जनाउने प्रतिक्रियाले आफूलाई सजक बनाउने र कमजोरी सुधार्नेतिर चेत भएका मानिसहरुको ध्यान हुने गर्छ ।

तर उपप्रधानमन्त्री पोखरेलसँग त्यसको सामान्य हेक्का समेत नहुने रहेछ भन्ने पुष्टि उनी आफैंले उक्त कार्यक्रममा व्यक्त गरेको अभिव्यक्तिले गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा थिए, त्यसबेला उनी । दोभाषेसहित उनले कार्यक्रममा आधा घण्टा बढी भाषण गरेका थिए ।
तिनपटक त उनले भाषणका क्रममा चिनियाँ राष्ट्रपति को छन भन्ने नै बिर्सिए ।

राष्ट्रपति सीलाई उनले पटक–पटक महामहिम राजदुत भनेर सम्वोधन गरिरहे । उनले पहलिो पटक भने,– ‘एउटा नयाँ उचाई प्राप्त गर्ने हिसाबले महामहिम चिनियाँ राजदुत सि जिनफिङको भ्रमण भयो भन्ने म ठान्छु ।’

त्यक्ति मात्रमा उनी रोकिएनन्, दोश्रोपटक पनि उनले भने,–‘तपाईहरु युथ फोरमले महामहिम राजदुत सि जिनफिङको भ्रमण प्रश्चात समिक्षात्मक ढंगले छलफल होस भन्ने उदेश्य राखेर कार्यक्रम आयोजना गर्नुभएको छ ।’

दोश्रो गल्तीमा पनि उनले कुनै ध्यान दिएनन् । अनि फेरि तेहे¥याएर गुथाए, राष्ट्रपति सीलाई महामहिम राजदुतको पगरी । उनले भने,–‘म के उल्लेख गर्न चाहँन्छु भने सबैभन्दा बढी पहिलो नम्वर हाम्रो समिक्षा र बुझाई के हुनुपर्छ भने महामहिम राजदुत सि जिनफिङको भ्रमणपछि दुई देश बीचको सम्बन्ध ऐतिहासिक रुपले नयाँ उचाईमा पु¥याएको छ भन्ने हाम्रो समान बुझाई हुनुपर्छ ।’

कार्यक्रममा चीनका लागि नेपाली राजदुत लिलामणि पौड्याल र चिनियाँ प्रतिनिधी पनि थिए । तर उनले न मञ्चका अतिथीले गरेको हासिमजाक ख्याल गरे, न दर्शकदीर्घाकै ।
त्यसपछि सहभागीले भन्न थाले, यो उनको गैहजिम्मेवार पनाको भद्दा नमुना हो ।

मपाइत्वको नेता
इश्वर पोखरेल आफूलाई अन्य राजनीतिक नेताभन्दा उचो ठान्छ्न । सहकर्मी राजनीतिज्ञलाई समेत उनी होच्याउन खोज्ने, आफूसँग मात्र विगत इतिहास रहेको ठान्छन् । अन्य नेताका योगदानको अवमूल्यन गर्ने उनको पूरानै शैली र बानी हो । त्यसकारण पनि उनी पार्टीमा त्यति रुचाइने पात्रमा पर्दैनन् ।

नेकपाकै एक नेता भन्छन्,– पोखरेल आफ्नै मपाइत्व र इगो राजनीतिका कारण अलोकप्रिय छन् । अवसरका लागि गुट अदलवदल गर्न उनी खप्पिस पनि छन् । राजनीतिमा धेरै अवसर पाउने नेतामा गनिन्छन पनि उनी । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनीतिक सल्लाहकार बने यता उनले जता पात हल्लियो उत्तै आफूलाई ढल्काउने गरेका कारण पनि टिक्न सफल भइरहेका छन् ।

कुनै बेला तत्कालिन एमालेभित्र माधव नेपाल समूहसँग नजिक रहेका उनी पछिल्लो समय केपी ओलीसमूहमा छन् । तर ओलीले नै उनलाई खास विश्वास गर्दैनन् भन्ने पार्टी एकीकरणका बेला उनको गुमेको महासचिव पददेखि उनले रोजेको र खोजेको मन्त्रालयमा उनीमाथि लागेको छेकवारसम्मले पुष्टि गरेको नेकपाका नेताहरु नै बताउँछन् ।

‘चिढ्याउन पनि नचिढ्याउने, तर उनको आनीबानी, स्वभावका कारण आर्थिक चलखेल गर्न सक्ने स्थानबाट उनलाई सकभर टाढै राखिदिने रणनीति ओलीले इश्वर पोखरेलमाथि अवलम्वन गरेको देखिन्छ,’ पूर्व एमालेतर्फका नेकपाका एक केन्द्रीय नेता बताउँछन् ।

फरक बैचारिक राजनीतिक आस्थाप्रति अति असहिष्णु पोखरेलको बानी हो । उनी आफू इतर विचारको सामान्य वकालत समेत सुन्न सक्दैनन् । यो उनको इगो राजनीति भएको ति नेता बताउँछन् ।

देखाउनका लागि पोखरेलले आफुलाई निक्कै डिप्लोमेसीका रुपमा देखाउन खोज्छन् । सन्तुलनमा राखेर अभिव्यक्ति दिएको देखाउन पनि खोज्छन्, तर त्यसैभित्र उनी कहाँ चिप्लिरहेका छन् भन्ने उनी आफैले हेक्का समेत पाउँदैनन् । यो पोखरेलको कमजोरी हो ।

‘उनलाई आफुले के गरिरहेको छु, अबको राजनीति के हो ? कसरी सबैलाई समेटेर जानुपर्छ, सार्वजनिक स्थानमा आफूले के बोले भन्ने पनि बेलाबेला हेक्का हँुदैन, उनको तीन दिन अघिको राष्ट्रपति सीलाई महामहिम राजदुत को अभिव्यक्ति त्यसैको परिणति हो,’ नेकपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस