महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, १६ : ४२
महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

महरा गत असोज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस