काँग्रेसका सांसद एवं पूर्वमन्त्री आलमलाई ७ दिनको म्याद थप

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, १२ : ३६
काँग्रेसका सांसद एवं पूर्वमन्त्री आलमलाई ७ दिनको म्याद थप

काठमाडौँ । जिल्ला अदालत रौतहटले नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ । 

प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले ७ दिनको म्याद थप गरेको थियो ।
२०६४ साल चैत २७ गते राजपुरमा भएको बमकाण्ड एवं १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस