१२ वर्षकी यी बालिका साँच्चिकै दुनियाँकी अद्भुत मानिस हुन् । दुबइमा बस्ने सूचेता शतीस नामकी बालिका ८५ वटा भाषामा गीत गाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा छिन् ।
७ कक्षामा पढ्ने सूचेताले अहिलेपनि सजिलैसाग ८० वटा भाषामा गीत गाउन सक्छिन् । अब चाहीँ ५ भाषा थपेर ८५ वटा भाषामा गित गाउँदै आफ्नो नाम गिनिज बुकमा लेखाउने उनको योजना छ ।
आउँदो २९ डिसेम्बरमा हुने कार्यक्रममा उनले ८५ भाषामा गित गाउनेछिन् । यसका लागि उनले तयारी सुरु गरिसकेकी छिन् ।
स्मरण रहोस् अहिलेसम्म सबैभन्दा धेरै भाषामा गीत गाउने किर्तिमान भारतकै केसीराजु श्रीनिवास र घाजल श्रीनिवासको नाममा छ । उनीहरुले सन् २००८ मा ७६ वटा भाषामा गीत गाएर विश्व् किर्तिमान राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २९ कार्तिक २०७४, १९ : ४२
लेखकबाट थप