त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कोइराला, बास्कोटा र पौडेलको नाम सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, १७ असोज २०७६, १० : ५९
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कोइराला, बास्कोटा र पौडेलको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । 

त्रिविको उपकुलपतिका लागि गठित नाम सिफारिस समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको हो ।

गत भदौ ५ गते तीर्थ खनियाँको समयावधि सकिएपछि सरकारले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरेको थियो । समितिले आफ्नो सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको मन्त्री पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनामा डा. भगवान कोइराला, डा. धर्मकान्त बास्कोटा र डा।चन्द्रमणि पौडेल छन् ।

तीमध्ये एक जनालाई सरकारले त्रिभुवन विश्व विद्यालयको उपकुलपति नियुक्त गर्नेछ । त्रिविको उपकुलपति हुन एक दर्जन बढीले आकांक्षा देखाएका थिए । आकांक्षीहरुले विभिन्न शक्तिकेन्द्र समेत गुहारे पनि अन्ततः कोइराला, बास्कोटा र पौडेलको नाम सिफारिस भएको हो ।

प्रतिक्रिया दिनुहोस