ज्ञानेन्द्र शाहीमाथि भएको घट्नालाई जोडेर सामाजिक सञ्जालमा आएका सामाग्रीप्रति चितवन प्रहरीको ध्यानाकर्षण

सफल खबर संवाददाता

विहीबार, १६ असोज २०७६, १५ : ०९
ज्ञानेन्द्र शाहीमाथि भएको घट्नालाई जोडेर सामाजिक सञ्जालमा आएका सामाग्रीप्रति चितवन प्रहरीको ध्यानाकर्षण

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सामाजीक सञ्जालमा आएका प्रहरी विरुद्धका सामाग्रीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले विज्ञप्ती जारी गरी ज्ञानेन्द्र शाहीमाथि भएको घट्नालाई जोडेर प्रहरीविरुद्ध आएका विभिन्न सामाजिक सञ्जालका सामाग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो । 

प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले उक्त दिन शाही होटलमा बसेको जानकारी नभएकाले सो घट्ना घटेको बताए । उनले खबर प्राप्त हुनसाथ घट्नास्थलमा प्रहरी पुगि उद्धार गरी अस्पताल पु¥याएको र आक्रमणमा संलग्नको पहिचान गर्ने काम भइरहेको बताए । 

उनले सामाजिक सञ्जालमा आएका पुर्वाग्राहीपूर्ण सामाग्रीहरु प्रहरीको छवि धमिल्याउने उद्देश्यले आएको भन्दै यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एसपी मल्लका अनुसार घट्नामा सम्बद्धपक्षबाट प्रहरीमा जाहेरी नआएपनि संलग्नको पहिचान तथा खोजतलास गर्ने कार्य जारी रहेको बताएका छन् । 

शाहीलाई असोज ११ गते दिउँसो ३ बजे भरतपुर महानगरपालिका १० चौविसकोठीस्थित ग्लोबल होटल परिसरमा अज्ञात समूहले आक्रमण गरी घाईते बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस