घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर एकै परिवारका ४ सहित ५ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १६ असोज २०७६, ०७ : ३०
घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर एकै परिवारका ४ सहित ५ जनाको मृत्यु

काठमाडौं । बारामा एकै परिवारका ४ जनासहित ५ जनाको  मृत्यु भएको छ । फेटा गाउँपालिका ४ स्थित बतरामा अवैध घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक भारतीय कामदार मृत्यु भएको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए । 
प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस