महरालाई चोख्याउने गरी महिलाबाट प्रहरीमा उजुरी

सफल खबर संवाददाता

बुधबार, १५ असोज २०७६, २१ : ०३
महरालाई चोख्याउने गरी महिलाबाट प्रहरीमा उजुरी

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी महिलाले हाल आएर आफूमाथि कुनै दुर्व्यवहार नभएको भन्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । 

उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे ।

आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् ।

यसैबीच महिलाकाे निवेदनपछि महरामाथि प्रहरी छानविन रोकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस