सहरभित्रको सहर सिजी ल्याण्डमार्कमा फेस्टिभ सिजन सुरू

सफल खबर संवाददाता

बुधबार, १५ असोज २०७६, १७ : ४०
सहरभित्रको सहर सिजी ल्याण्डमार्कमा फेस्टिभ सिजन सुरू

चितवन । सहरीकरण भइरहेको चितवनको मुटु भरतपुर महानगरपालिकाको वडा नं १० स्थित वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि पुगेर विपरीत दिसामा तपाइँ हेर्नुभयो भने, ‘सिजी ल्याण्डमार्क’को १० तले भवन देख्नुहुन्छ । जुन भवन सपिङ मलको रुपमा विकास भई सञ्चालनमा आइसकेको छ । सपिङ गर्नको लागि मानिसहरुको घुइँचो लागिसकेको छ । 
सिजी ल्याण्डमार्कले चाडपर्वलाई लक्षित गरेर फेस्टिभ सिजनको बडा अफर ल्याएको छ । भव्य तामझामका साथ फेस्टिभ सिजन सुरु भइसकेको सिजी ल्याण्डमार्क मलका म्यानेजर उज्वल केसीले बताउनुभयो । 

उहाँका अनुसार सपिङको साथै म्यूजिकल इभेन्टस्, फेसन इभेन्टस्, किड्स इभेन्टस्लगायत मनोरञ्जनात्मक कार्यक्रममा सरिक हुने अवसर सिजी ल्याण्डमार्कले हरेक उपभोक्ताहरुलाई दिएको छ । 

एक हजारभन्दा माथिको जुनसुकै सामग्री खरिद गर्दा पनि लक्की ड्रमार्फत आकर्षक पुरस्कारहरु जित्न सकिने मलका म्यानेजर केसीले बताउनुभयो । लक्की ड्रमार्फत टिभीएस एनट्रक स्कुटर, एलजी रिफ्रेजिरेटर, एलजी वासिङ मेशिन, डिजिकम एसी, थाइल्याण्ड भ्रमणको आउनेजाने टिकट, सौराहा होलिडे प्याकेजलगायतका उपहारहरु जित्न सकिनेछ । 
फेस्टिभ सिजनको हरेक दिन मनोरञ्जनात्मक कार्यक्रम हुने छ ।
फेस्टिभ सिजनको मिडिया पार्टनर सफल खबर डट कम पनि रहेको छ । 

प्रतिक्रिया दिनुहोस