प्रमुख रेनु दाहालको चरित्रहत्या हुने सामाग्री पोष्ट गर्नेविरुद्ध भरतपुर महानगरद्धारा जाहेरी

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, १८ : ०९
प्रमुख रेनु दाहालको चरित्रहत्या हुने सामाग्री पोष्ट गर्नेविरुद्ध भरतपुर महानगरद्धारा जाहेरी

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु बिरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ । 

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दिईएको महानगरपालिकाले जनाएको छ । 

शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमण पछि केही सामाजिक संजालका प्रयोग कर्ताले मेयर रेनु दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट समेत गरेका थिए । अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनि उपचार खोजेको हो । 

चितवन प्रहरी प्रमुख दानवहादुर मल्लका अनुसार महानगर प्रमुख रेनु दाहाललाई लक्ष्ति गरी आएका अश्लिल पोष्टहरु बारे जाहेरी आएको छ । आवश्यक अनुसन्धान र गलत हर्कत गर्नेहरुको खोजि सुरु भैसकेको उनले बताए । दोषीलाई आवश्यक कानुनि गरिने प्रमुख मल्लको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस