आज असोज १० गते, तपाईंको दिन कस्तो रहनेछ ?

सफल खबर संवाददाता

शुक्रबार, १० असोज २०७६, ०७ : ५९
आज असोज १० गते, तपाईंको दिन कस्तो रहनेछ ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा सन्तान पक्षले अनाबश्यक झन्झट दिनेछन् भने माया प्रेममा आफ्नो मायालुलाई बिश्वासमा लिन बढिनै समय खर्चिनु पर्नेछ । सामाजिक काम गर्ने अवसर आएपनि जस नपाउदा मन खिन्न हुनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिएपनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने अवस्था रहनेछ । व्यापारमा सोचोजस्तो प्रतिफल प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ध्यान दिनुहोला । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 
माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।  समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाति रहनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) 
पढाइ लेखाइमा परिणाममुखि उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ ।  माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ । शाहशिलो कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिन जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो समय लगाएर गरिएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखि हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेकोछ भने आफन्तसँग नै मनमुटाव बढ्नेछ ।आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । रुपैयापैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 
माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अरुलाई दिएको आश्वासन पूरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 
स्वास्थ्य सम्बन्धि समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । मायाप्रेममा आजको दिन भेट नहुँदानै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सरकारि तथा पैत्रिक धन सम्पति हात लागि हुने सम्भावना रहेकोछ भने व्यापार व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुनेसमय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेहँनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारि साधन तथा अन्य सम्पतिहरु लाभ हुने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 
लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 
परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नुनै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदी, बहिनी बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भ्रष्टाचार सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 
पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुनेछ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्ते राम्रो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 
व्यापार व्यावसायमा लगानी गरि आर्थिक स्थिति उकास्न सकिनेछ । प्रतिस्पर्धिहरुलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरु परास्त हुनेछन् । पढाइ सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस