कृषि विकास बैंकको सीस्टम ह्याक गर्न खोज्ने ९ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०७६, ०९ : २०
कृषि विकास बैंकको सीस्टम ह्याक गर्न खोज्ने ९ जना पक्राउ

काठमाडौँ । प्रहरीले सिष्टम नै ह्याक गरी एटीएम्वाट पैसा चोर्ने काममा लागेको चिनियाँ ह्याकर समातेको केही हप्तामै अर्काे सफलता प्राप्त गरेको छ ।

कृषि विकास बैंकको सीस्टम ह्याक गरी डेढ करोडभन्दा बढी रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई गएराती प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई अवैध रुपमा रकम निकालिएको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका ९ जनालाई नै दिउँसो २ वजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने तयारी भएको वताए ।  

प्रतिक्रिया दिनुहोस