वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा नेकपाको पत्तासाप

टेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)मा पराजित भएको सत्तारुढ नेकपा वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा झन पत्तासाप नै भएको छ

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०७६, ०८ : १३
वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा नेकपाको पत्तासाप

काठमाडौं । सामान्यतयाः नेपालका दुई कम्युनिष्ट पार्टी मिलेपछि देशमा हुने सवै खालका चुनावमा कम्युनिष्टहरुले अधिपत्य जमाउँछन अब केही समय भन्ने  आम मानिसलाई लाग्ने गर्दथ्यो ।

दुई पूर्व घटक मिलेपछि कांग्रेसलाई सबै मोर्चामा कम्युनिष्टले पराजित गर्छन भन्ने सोच्नु अन्यथा थिएन पनि । किनकी दुई कम्युनिष्ट मिल्दा कांग्रेसको भन्दा धेरै मत जुनकुनै निर्वाचनमा पनि पुग्ने गर्दथ्यो ।

तर परिणाम अहिले त्यसरी आईरहेको छैन । टेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)मा पराजित भएको सत्तारुढ नेकपा वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा झन पत्तासाप नै भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि भएको चुनावमा सत्तारुढ नेकपा हारेको छ । टानमा जस्तै नेकपाले वैदेसिक रोजगार व्यवसायी संघको चुनावमा पराजय भोगेको हो ।

निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक समूहको प्यानलले नै जित हात पारेको छ । नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूहका बिष्णुप्रसाद गैरेको प्यानल विजयी भएको हो । अध्यक्ष गैरे ३३० मत ल्याएर विजय भएका हुन् । उनका प्रतिस्पर्धी प्रगतिशील समूहका  सरोजकुमार पोखरेलले २८२ मत ल्याएका थिए । 

मंगलबार भएको २७ औं साधारणसभाका क्रममा नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो ।

वैदेशिक रोजगार ब्यवसायी संघको चुनावमा कांग्रेसले कम्युनिष्टलाई क्लिनस्वीप नै बनाएको हो । यो पनि पहिलो पटक । संघको नेतृत्वका लागि मंगलबार सम्पन्न चुनावमा ६५८ मतदाता रहेपनि ६२१ जनाले मतदान गरेका थिए ।

संघको प्रथम उपाध्यक्षमा कमल तामाङ,  दितीय उपाध्यक्षमा  किशोरकुमार के.सी, तृतीय उपाध्यक्षमा विजयी भएका छन् । महासचिवमा सुजित श्रेष्ठ,  सचिवमा निलकमल मेघनाथ भुर्तेल  र कोषाध्यक्षमा  इन्दिरा गुरुङ  विजयी भएकी छिन् ।

संघको सदस्य पदमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, लक्ष्मण पौडेल विजयी भएका छन् ।

निर्वाचन परिणाम अहिले विहान घोषणा भएको हो । 

प्रतिक्रिया दिनुहोस