काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुन तोलामा ७१ हजार ४ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०७६, १२ : ०७
लेखकबाट थप