एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई भाटभटेनी सुपरमार्केटमा दशैं–तिहारमा विशेष छुट

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०७६, १७ : ४१
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई भाटभटेनी सुपरमार्केटमा दशैं–तिहारमा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच एन आई सी एशिया बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा एक हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्नुहुने बैंकका ग्राहकहरुले उपरोक्त छुट प्राप्त गर्न सक्नुहुनेछ । यसका साथै यस बैंकमा खाता नभएका इच्छुक महानुभावहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एन आई सी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्नुहुनेछ र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्नुहुनेछ । आश्विन ८ गतेदेखि कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको बंैकका नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस