रवि, युवराज र अस्मिता अदालतमा उपस्थित, साक्षी बकपत्र सुरु हुने

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०७६, ११ : ४३
रवि, युवराज र अस्मिता अदालतमा उपस्थित, साक्षी बकपत्र सुरु हुने

चितवन । पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतमा आजदेखि साँक्षी बकपत्र सुरु हुने भएको छ । रवि लामिछानेसहितका ३ जना अदालतमा उपस्थित भएपछि बक पत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणी गिरीले जानकारी दिए । 

विहान ११ः२० बजेसम्म कोही पनि अदालतमा नपुगेको उनले बताए । रविसहित युवराज कंडेल र नर्स अस्मीता कार्कीलाई आज असोज ५ गत्ते उपस्थित हुन अदालतले आदेश दिएको थियो । अदालतको आदेशमा रवि ५ लाख, युवराज ३ लाख र अस्मिता सादा तारेखमा गएको भदौँ ९ गत्ते रिहा भएका थिए । 

सालिकराम मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको आरोप लागेपछि उनिहरु तिनै जनालाई साउन ३० गते काठमाण्डौबाट पक्राउ गरी चितवन ल्याइएको थियो । 

प्रतिक्रिया दिनुहोस