गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै दलहरु एकै ठाउँमा छन्ः अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०७६, ११ : ०८
गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै दलहरु एकै ठाउँमा छन्ः अध्यक्ष प्रचण्ड

फाइल फोटो

सुनसरी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताएका छन् । 

थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका उनले भने, ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो ।’

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डको अभिव्यक्तिको पूर्णपाठ 

अहिले यो परिवर्तन र प्रणलीलाई खतरा आयो भन्ने सत्य होइन । अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो । यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ । यसको अर्थ भौतिक होइन राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृति लाई परास्त गर्नुपर्यो  । भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहकै छ । संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा छन् । हामीले सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेका छौं । यसलाई नयाँ शीराबाट गति दिने बारे छलफल भइरहेको छ । मलाई मन्त्री मण्डलबारे नसोध्नुस् मलाई यसले हैरान पारेको छ । यो प्रधानमन्त्रीको कुरा हो । उहाँले चाहाँदा मन्त्री मण्डल पुनर्गठन हुन्छ, उहाँले नचाहँदा हुन्न । पार्टीलाई एकतावद्ध गर्ने विकास निर्माणका कामलाई गति दिने । सरकारले काम नै गरेन भन्ने कुरा सत्य होइन । थुप्रै मौलिक हक सम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सधार आयो । भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धी हो । चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन् ।

प्रतिक्रिया दिनुहोस