दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०७६, ०७ : ५९
दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । आजवाट सवारी साधनको टिकट बुकिङ खुलेको हो । लामो रुटका लागि टिकट बुकिङ खुल्ला भएको यातायात ब्यवस्था विभागले जनाएको छ ।

दशैमा काठमाडौं छोडेर यात्रुहरु आ आफनो घरतर्फ जाने र यात्रुहरुको चाप असाध्यै वढी हुने भएकोले आजवाट अग्रिम टिकट बुकिङ खुल्ला गरिएको यातायात ब्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

उनका अनुसार, अव यात्रुहरुले अग्रिम टिकट लिएर आफ्नो यात्रा सुनिश्चित गर्न सक्ने विभागले जनाएको छ ।

चाडपर्वमा काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको संख्या अन्यत्रको भन्दा अध्याधिक वढी हुने भएकोले हरेक वर्ष अग्रिम टिकट बुकिङ गराउने चलन रहिआएको छ ।

विभागले चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने समेत जनाएको छ ।

सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने विभागका महानिर्देशक हमालले वताए ।

बिना रोकतोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै ठाँउमा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिएको विभागले वताएको छ । 

प्रतिक्रिया दिनुहोस