साहसिक खेल जिपलाइन अब चितवनमै, मन्त्री नेपालद्धारा उद्घाटन

बुधबार, ०१ असोज २०७६, १९ : ३९
साहसिक खेल जिपलाइन अब चितवनमै, मन्त्री नेपालद्धारा उद्घाटन

उर्गेन तामाङ

 चितवन । साहसिक खेल जिपलाईन अब चितवनमै खेल्न पाईने भएको छ । वाईल्ड वन्डर्स प्रा लि को परिकल्पना र प्राविधिक सहयोगमा भरतपुर २ आपटाडीस्थित जलदेवि सामुदायिक बनमा वुधवारबाट जिपलाईन सञ्चालनमा आएको हो । 

प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले वुधवार जिपलाइनको एक कार्यक्रमकाविच उद्घाटन गरेका हुन । जिपलाइन व्यवस्थापन समितिका संयोजक माधव देवकोटाले सामुदायीक बनमा नेपालकै पहिलो जिपलाईन भएको बताए । 

पर्यटकिय जिल्लाका रुपमा रहेको चितवनमा सञ्चालनमा आएको जिपलाइनले भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको विश्वास छ । 

सामुदायीक वन र वनका उपभोक्ताहरुको ७५ लाख लगानीमा सुरु भएको हो । १ हजार ३७० जना वन समितिका सदस्यहरुमध्ये ५ सय जनाले प्रति सेयर ३ हजारका दरले लगानी गरेको समितिले जनाएको छ ।  

जिपलाइनको रुट र शुल्क
२ वटा रुटमा ३७२ मिटर लामो रुट रहेको व्यवस्थापन समितिले जनाएको छ । पहिलो रुटमा स्टेसन ए देखि वि सम्म ११२ मिटर र स्टेसन वि देखि सि सम्म ८५ मिटर लामो रुट रहेको छ । यो रुटका लागी प्रति टिकट ५ सय शुल्क निर्धारण गरीएको छ भने फोटो तथा भिडियो लिन चाहनेका लागी ३५० तोकिएको छ । 

यस्तै स्टेसन सि देखि डि सम्म १७५ मिटर लामो रुट रहेको छ । यो रुटका लागी प्रति टिकट ६ सय र फोटो भिडियो लिनचाहनेले थप ३५० तिर्नुपर्ने समितिका अध्यक्ष देवकोटाले बताए । दुवै रुटमा खेल्नेले भने ९ सय शुल्क तिर्नुपर्नेछ भने फोटो भिडियोका लागी थप ५ सय लाग्नेछ । 

विदेशिहरुका लागी भने केहि मंहगो शुल्क लाग्ने जनाईएको छ । उनिहरुले दुवै रुटका लागी १५ सय र फोटो भिडियोका लागी थप ७ सय तिर्नुपर्नेछ । यस्तै सार्क बाहिरका विदेशी नागरिकलाई दुवै रुटका लागी प्रति टिकट २ हजार र फोटो भिडियोका लागी थप ७ सय लाग्ने छ । 

यस जिपलाइनका लागी अहिले निर्धारण गरीएको शुल्क नेपालमा मात्र नभएर विश्वमा नै सस्तो रहेको जलदेवि सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष केसव बहादुर थापाको दावी छ । जिपलाइनमा ९ जना कर्मचारी रहनेछन । 

प्रतिक्रिया दिनुहोस