– शिव फुयाल
नेपाली समाजको संकट हल गर्न संबिधानसभाको चुनाव र त्यस मार्फत गणतन्त्र नेपाल बनाउनु पर्छ भन्दै भिषण संघर्षको बिचमा गाउँ बस्ति जाँदा हामि झोला बोकेरै हिड्थ्यौँ । हाम्रो झोलामा एक दुई थान कपडा केही किताव एउटा सानो रेडियो,टर्च, डायरी,कलम,सावुन र ब्रर्स लगायत अनिवार्य सामाग्री झोलामा हुन्थ्यो । संकट समाधानको लागी प्रयास गर्न झोला बोकेर आन्दोलनमा जानु बिकल्प थिएन् हामीसंग । त्यहि बेलामा देशप्रति जिम्मेवार नहुनेहरु यो देश काम लाग्दैन भन्दै पलायन भएका नै थिए ।
नागरिकता त्याग्दै यो प्रवृति हो । संकटसंग जुध्ने र संकट आएपछी भाग्ने आफु केही नगर्ने र अरुलाई दोष दिदै भाग्नु जतिको सजिलो छ । त्यो भन्दा धेरै गाह्रो संकटसंग जुध्नु र तत्कालिन राज्यसंग बिद्रोह गर्नु थियो । राज्यले गर्ने दमन, हत्या, आतककारी भनेर पुग्ने स्थिती थियो ।
मानिसलाई सहज बनाउन कुनै न कुनै बाटो अनिवार्य थियो । त्यो बेलामा संकट समाधान र प्रतिगमनको बिरुद्घमा जानका लागी संविधान सभाको माग लिएर सडकमा जानु हामिलाई सजिलो पक्कै थिएन तर पनि हामी झोलेहरु झोला बोकेरै निस्कियौँ । सडकमा त्यो सडकमा न चर्चा पाउन थियो न कसैलाई देखाउन थियो । हामीलाई यो देशले केही दिएन भन्दै टाई सुट लगाएर बिदेश भासिन पट्टक्कै मन लागेन हामी झोलेहरुलाई ।
दश वर्ष जनयुद्घ लडाईको पार्टी र शान्ति पुर्वक राजाको प्रतिगमनका बिरुद्दमा संषर्ष गरेका पाटीहरु मिलेर जव आन्दोलन भयो त्यो बेलाको घटना क्रमलाई हेर्यो भने बिभिन्न देशको भुमिकाहरु ति देशहरुको आदेश मान्न लागेका नेताहरुलाई सडकबाट खवरदारी गर्दै आन्दोलन अगाडी बढाउन झोलेहरुले कम्ता मिहिनेत गरेका थिएन् । ठुला स्वरले चिच्चाउने वकिल न्यायधिस सबै आफैलाई ठान्नेहरुले बुझ्नु पर्न आज यसरी चिच्चाउनु पाउनु पनि यि झोलेहरुकै योगदान हो ।
आज गणतन्त्र हुदैन थियो भने यदी यि झोलेहरु हारेका थिए भने तिमिहरु रैति हुन्थ्यौ र बोल्न त के सास फेर्न पनि पाउने थिएनौँ । तिमिहरु केही त प्रतिगामी नै थियौ कुनै न कुनै बाहानामा तिमिहरु जनताको अधिकार खोस्न लागि परेकै छौ । कहिले फलाना आउ देश बचाऔ भन्छौ । कहिले कस्लाई त्यसै भन्छौ । तिम्रो काम मालिक भक्त हो गर तर बुझ झोले हरु एकपटक सडकमा आए भने तिमि जान्छौ कहा रु तिम्रो मालिक र तिमिले ख्याल गर यि झोलेहरु तिम्रा कुनै प्रकारका धम्किले आउनै छैन ।
उपलव्धिलाइ केही पार्टि र नेताले गलत तरिकाले बुझ्ने र राजनितीलाई गलत बनाउन केही प्रबृती हावी भएको कारणले तिमी त्यसैले ठूला कुरा गर्ने भएका छौँ । राजनिती परिवर्तन ब हामिलाई झोले भएर यो आन्दोलनमा हिड्न पाउँदा गर्व नै लागेको छ । तर त्यो आन्दोलनको र लाई छोडेर अरु संग बस्ने अनैतिक चरित्र भएका हरुले धेरै गरेका छन भनेर देखाउनुमा प्रतिगामी स्वार्थ छ । जनताले प्रत्यक्ष आफ्नो जीवन मा परिवर्तनको अनुभुति हुन नसकेको पक्कै हो । यसो हुनुमा राजनैतिक दलका नेता कार्यकर्ताहरुको कमजोरी छ ।
३० वर्षमा ३० वटै सरकार बनेर देशलाई अस्थिर बनाउने काम भएकै थियो । राजनैतिक स्थायीत्वको लागी पुर्ण बहुमतको सरकार बनेपछी अस्थिरता कायम गर्न खोज्नेहरु छटपटाई रहेको बेलामा उनिहरुलाई केहि मौका चहिएको छ । त्यो निर्मला हत्या बलतकार गरि हत्या गरिएको र अपराधी पक्राउ नपरेको कारणले तसैलाई आधार बनाएर देशलाई अस्थिरता बनाउनु खोज्नु गणतन्त्रलाई असफल पार्न खोज्नु त्यसका लागी केहीलाई मोहरा बनाउने र तेसकै नाममा राजनैतिक आन्दोलन प्रतिगमन को दिशामा लैजाने प्रयत्न भएको देखिन्छ l
राजनितिक दल खराब ,नेताहरु खराब र झोले कार्यकर्ताहरु झनै खराब भन्ने खालको प्रचारप्रसार लगातार गर्ने त्यो खालको प्रचार गर्नेहरु शाही कालमा राजाको खेताला हुन ज्यान जोगाउन देशको नागरिकता त्याग्नेहरु आफ्नै श्रीमति छोडी यिनीहरुलाई यसो गर्न र जनतालाई यिनिहरु ठिकै हुन की भन्ने भ्रम दिन राजनितिक पार्टी र नेतृत्वको गैरजिम्मेवारीपुर्ण कार्यशैलिले काम गरेको छ।
केही नेताहरुलाई आफु नयाँ राजा भएको भान छ। पाटी नेताहरु र कार्यकर्ताहरुक बिचमा निराशा छ त्यसैलाई आधार बनाएर लगातार गणतन्त्र र स्थायीत्व दुबै लाई सखाप बनाउन एउटा पात्र र एक घटनालाई अगाडि सारि कम गरिरहेकले बुझ्दा हुन्छ। झोलेहरु अन्धभक्त भएर झोले भएका होईनन् । देशलाई संकटबाट पार लगाउन प्रष्ट बैचारिक, सांगठानिक, साँस्कृतिक रुपान्तरण सहितको कामलाई लक्ष्य बनाएर झोले भएका हुन। त्यसैले तिमिले भन्ने झोलेहरुले नै आजपनि सबैभन्दा बढी भष्टाचार बिरोधी अभियान चलाएका छन । सुशासन को पक्षमा लागेका छन गलतलाई गलत भनेकै छन झोलेहरुले त्यसो गर्नु सक्नुको कारण उनिहरुसंग बिचारधारात्मक राजनितीक चेत छ।
तिमीहरु जस्ता दास अराजनैतिक चेत हुनेलाई के थाहा हुन्छ ठिक के होरु बेठिक के होरु तिम्रा मालिक जतिसुकै अपराधी भएपनि तिमी माहान देख्छौ । तिम्रो चेतना जति छ तेतिनै बुझ्ने न हो । तर तिमीले जति भ्रम दिए पनि जनताले लडेर ल्याएको राजनैतिक परिवर्तनबाट प्राप्त अधिकारलाई गुम्न दिने छैनन् । यो झोलेहरु बैचारीक, सांस्कृतिक रुपान्तरणको आनदोलनमा रहुन्जेल प्रतिगगामीका मत्तियार र भगौडाहरुले नसोचे हुन्छ जनताको राजनितीक उपलव्धी खोस्ने कुराको सपना । (लुम्बिनी भ्वाइस डट कमबाट)
लेखक फुयाल वाईसिएल नेपाल पुर्वउपाध्यक्ष तथा तत्कालिन वाईसिएल नेपालका सल्लाहकार हुन ।
प्रतिक्रिया दिनुहोस