पहिरोमा पुरिएर थबाङमा एकै परिवारका ६ जनाको शव फेला

रासस

शुक्रबार, २७ भदौ २०७६, १६ : ०३
पहिरोमा पुरिएर थबाङमा एकै परिवारका ६ जनाको शव फेला

फाईल फोटो

थवाङ । रोल्पाको थवाङ गाउँपालिका–२ (साविकको थवाङ गाविस ७) छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । 

जिल्लाको थबाङ –२ छेर्लबाङमा गएराती आएको पहिरोले घर पुरेको हो । पुरिएको घरमा एकै परिवारका गरी ६ जना बस्दै आएका थिए ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा २५ वर्षीया थीरकुमारी बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा छन् ।

प्रतिक्रिया दिनुहोस