काठमाडौँ । दीपकराज गिरी त्यसै पनि फेसबुकमा केही न केही लेखिरहन्छन्। राजनीति होस् वा अरू विषय, जेमा पनि उनको टिप्पणी आइहाल्छ। अझ फिल्म त खास भइहाल्यो। दिनको एउटाजसो दिव्यवाणी उनको फेसबुकमा फुत्त झरिहाल्छ। यही दिनचर्याअनुरूप दीपकले हालसालै एउटा स्ट्याटस लेखे, जसमा उनले सीधासीधा हिन्दी फिल्मका वितरकलाई व्यंग्य गरेका छन्।
लेखेका छन्– ‘सरकारको नीतिअनुसार हामीले दुई करोड खर्च गरेर नेपाली भाषाको फिल्म बनाउनुको कुनै अर्थ छैन। दुई करोडमा त शाहरुख खान, सलमानका फिल्मलगायत एकसे एक विदेशी फिल्म आउँछन्। ती फिल्म किनेर ल्याउने, चलाउने। राज्यले रातारात सेन्सर गरिदिइहाल्छ, सुविधा दिन्छ, हलहरूले पनि विशेष स्थान दिन्छन्। किन टाउको दुखाउने बेकारमा?’
दीपकको स्ट्याटस त्यतिबेला आएको छ, जतिबेला बजारमा हल र वितरकले उनको नयाँ फिल्म ‘छ माया छपक्कै’ माथि घेराबन्दी गरेको चर्चा छ। हलवाला र वितरकको घेराबन्दीकै कारण उनको फिल्म दशैँको बिदाभन्दा पछि रिलिज हुने भएको छ। अहिले यसैको झोक उनले फेसबुकमा पोखेका हुन्। तर, फिल्म रिलिजको मुखमा यस्तो गनगनले के फाइदा गर्ला? सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १८ भदौ २०७६, २१ : ५४
लेखकबाट थप