काठमाडौँ बाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा ‘ओईटी’ सुरु

सफल खबर संवाददाता

शनिबार, १४ भदौ २०७६, ११ : ५७
काठमाडौँ बाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा ‘ओईटी’ सुरु

चितवन । स्वास्थ्यकर्मिहरुको सहजतालाई मध्यनजर गर्दै उपत्यका बाहिर पहिलोपल्ट चितवनमै अकुपेसनल इग्लिंस टेस्ट (ओईटि) सेन्टर सुरु भएको छ । चितवन मेडिकल कलेजले काठमाण्डौ बाहिर पहिलो पटक चितवनमै सञ्चालनमा ल्याएको हो । 

आईएनएस ग्रुप ईण्डियासँगको सहकार्यमा कक्षा सञ्चालनमा ल्याईएको कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बताए । देवकोटाका अनुसार डाक्टर, नर्स, डेन्टिस्ट लगायत विभिन्न ९ वटा स्वास्थ्य क्षेत्रका ईच्छुक व्यक्तिहरुले ओईटीका तयारी कक्षा लिन सक्नेछन ।
यस विषेश किसिमको ल्यांग्वेजका कक्षाहरु अहिले धमाधम भईरहेको देवकोटाले बताए । कलेजको पाँचौ तलामा रहेको रोयल ईन्टरनेश्नल ल्यांग्वेज सेन्टरमार्फत कक्षा सञ्चालन भईरहेको छ । सेन्टरका अनुसार ४ हप्ताको कोर्स पुरा गर्न विद्यार्थीले ३५ हजार तिर्नुपर्नेछ । परिक्षाका लागी छुट्टै शुल्क तिर्नुपर्ने देवकोटाले जानकारी दिए । 

ओईटि विद्यार्थीहरुलाई रिडिङ, राइटिङ, लिस्निङ र स्पिकिङ विधिबाट पढाई र टेस्ट लिईने देवकोटाले बताए । विशेषगरी विदेश जाने तयारीमा रहेका नर्स तथा डाक्टरहरुले यसको फाईदा लिनसक्ने सेन्टरले जनाएको छ । 

नर्स, डाक्टर लगायत ९ वटा विधाका स्वास्थ्यकर्मिहरुका लागी सम्बन्धीत विषयकै फरक फरक प्रश्न र तयारी गरीने हुँदा निक्कै प्रभावकारी रहेको सेन्टरको दावी छ । ओईटिको परिक्षा सेन्टर पनि चितवनमै हुनेभएकाले विद्यार्थीहरुलाई सहज हुने सेन्टरले जनाएको छ ।
 
 

प्रतिक्रिया दिनुहोस