तीन सय लिटर अखाद्य अमिलो नष्ट

सफल खबर संवाददाता

शुक्रबार, १३ भदौ २०७६, १७ : ५९
तीन सय लिटर अखाद्य अमिलो नष्ट

नवलपुर । ईलाका  प्रहरी कार्यालय गैडकोटले ३०० लिटर अखाद्य अमिलो बरामद गरी नष्ट गरेको छ । 
लागुऔषध प्रयोगकर्ताहरुको खोजी गर्न पुगेको प्रहरीले अमिलो फेला पारेको हो । गैडाकोट वडा नम्वर १, २ र ६ का केही घरमा लागुऔषध प्रयोगकर्ताको छापा मार्दा ३०० लिटर अखाद्य अमिलो बरामद भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।  
बरामद गरिएको अमिलो ईलाका प्रहरी कार्यालय गैंडाकोटको परिसरमा गैंडाकोट वडा नं. २ का अध्यक्ष धुर्बराम पौडेल, वडा सदस्य प्रकाश सापकोटा, प्रहरी प्रमुख दिपक कुमार कार्कीको रोहबरमा कार्यालयमा नै नष्ट गरिएको छ । 
गैंडाकोट नगरपालिका वडा नं. २ का वडा अध्यक्ष धुर्बराम पौडेलले मानब स्वास्थ्यमा प्रतक्ष वा अप्रत्यक्ष असार पार्ने त्यस्ता अखाध्य बस्तुको उपयोगबाट उपभोक्ता सचेत बन्नुपर्ने बताउदै गैंडाकोट क्षेत्रभित्र थप प्रभावकारी रुपमा जनचेतना जागउन आवश्यक रहेको बताउनुभयो । सामुदायीक सेवा केन्द्र गैडाकोटका सचिव रमेश ढकाल सहित पुगेको टोलीले अमिलो बरामद गरेको बताइएको छ । 
गैडाकोटमा ब्यापक मात्रामा नक्कली अमिलो बनाउने गरेको सुचना प्रहरीमा आएको कार्यालयले जनाएको छ ।  यसअघि पनि खाद्य कार्यालयले अनुगमन गरी अमिलो बनाउने केही उद्योगमा छापा मारी अमिलो नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस